काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार साँझ ६ बजे बस्ने गरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकबाट मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरिएको हो ।
संसद विघटनपश्चात ७ जना मन्त्रीले राजीनामा गरेका थिए । खाली भएको मन्त्रालयमा आफ्नो समूहका नेतालाई मन्त्री बनाउनका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव निकटका ७ जना मन्त्रीले राजीनामा गरेका थिए । राजीनामा दिने मन्त्रीहरुमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषी तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर रहेका छन् ।