• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

राजनीतिक गर्मीका कारण उखु किसानको आन्दोलन ओझेलमा

  •  मेन समाचार संवाददाता
  • १० पुष २०७७, शुक्रबार १७:०६ प्रकाशित
    Advertisement
    Advertisement

    शङ्कर पहाडी

    काठमाडौँ । प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन् ।

    उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर पछिल्ला केही दिनयता किसानको मुद्दा छायामा परेको छ । चिसो बढेसँगै किसान बिरामी पर्ने क्रम बढेको छ । “राजनीतिक घटनाक्रमले उखु उत्पादक किसानको आन्दोलनलाई केही असर पारेको छ । यसले किसानलाई विचलित भने बनाएको छैन”, उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले भनृ, “हाम्रा तर्फबाट आन्दोलन जारी नै छ । घर खर्चका लागि पनि पैसा छैन । त्यसैले कुनै हालतमा पनि अब पैसा नलिई फर्किन्नौँ ।”

    किसानको आन्दोलन र सरकारको चर्को विरोधपछि अन्नपूर्ण, श्रीराम, इन्दिरा र लुम्बिनी सुगर मिलले थोरै भए पनि भुक्तानी प्रक्रिया थालेका छन् । तर किस्ता किस्तामा गरिएको भुक्तानीलाई किसानले मानेका छैनन् । सरकार र उद्योगीकै मिलेमतोमा थोरै तिरेर बाँकी रकम नदिने रणनीति बनेको हुनसक्ने किसानको आरोप छ ।

    “भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने भनिए पनि त्यो कार्यान्वयनमा आएको छैन । नेता मिलेर केही पैसा भुक्तानी गराउँदै छन्, अलिकति दिएर बाँकी नदिने उद्देश्य हुन सक्छ । पाँच लाख रुपैयाँ दिनुपर्ने किसानलाई ५०÷६० हजार र ७०÷८० हजार दिनुपर्ने किसानलाई १०÷२० हजार दिएर टार्न खोजिँदै छ”, अध्यक्ष रायले भने, “उखु उत्पादक किसान रहरले आन्दोलनमा बसेका छैनन् । तर यसलाई सरकार र उद्योगीले बुझेनन् ।”

    तीन÷चार दिनअघि उखु उत्पादक किसान हरिप्रसाद यादव, राजेन्द मण्डल, रामेश्वर यादव, रमानन्द राय र हरि राय बिरामी परेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए । भुक्तानी नपाउञ्जेल आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ । श्रीराम सुगर मिलले पुस ३ मा रु १६ करोड ४४ लाख ७० हजार र ५ गते रु आठ करोड ८५ लाख ५७ हजार गरी करीब रु २५ करोड ३० लाख २७ हजार भुक्तानी गरेको दाबी गरेको छ । भुक्तानीका लागि उखु उत्पादक किसानको खाता रहेको बैंकलाई निर्देशन दिइ सोहीअनुसार किसानको खातामा रकम जम्मा गरिरहेको जनाएको छ ।

    अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि दैनिक करिब रु एक करोडका दरले भुक्तानी गरिरहेको जनाएको छ । लुम्बिनी सुगर मिलले किसानसँग माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको बताएको छ । “सङ्घर्ष समितिले भने एकमुष्ट रकम भुक्तानी दिनुपर्नेमा जोड दिएको छ । किसानले पाउनुपर्ने रु ९० करोड हो, सरकारले रु ६५ करोडको दाबी गर्दै आएको छ”, सचिव रायले भने, “आन्दोलन गरेपछि केहीले भुक्तानी गरिरहेको जानकारी पाएका छौँ तर कुनकुन किसानले कति पाए, रेकर्ड छैन । किसानलाई जालझेल गर्न खोजिएको छ ।”

    किसानलाई सङ्घसंस्थाले हेर्नुपर्ने राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताएका छन् । “केहीले भुक्तानी शुरु गरे पनि सकेसम्म आन्दोलनलाई पन्छाउन खोजेको देखिन्छ । यस विषयमा किसानलाई यससँग सम्बद्ध सङ्घसंस्थाले सहयोग गर्न आवश्यक छ”, उनले भने ।

    यसैबीच नेपाल उद्योग परिसङ्घले उखु किसानको बक्यौता रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगलाई आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको अवस्थामा समस्या लम्ब्याउँदा दुवै पक्षलाई हानि पुग्ने परिसङ्घको भनाइ छ । “बक्यौता रकम भुक्तानी दिन शुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीको हकमा सरकारले अघि बढाएका कारवाही वा अन्य कदम फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि परिसङ्घ हार्दिक आग्रह गर्दछ”, परिसङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर
    आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ? अमेरिकी डलर स्थीर
    शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      हरि हुमागाईँको ‘बिजुली’मा निराजन र उपासना

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.