काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
संसद विघटनपश्चात ७ मन्त्रीले राजिनामा गरेपछि रिक्त स्थानमा आफुसमूहका नेतालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।
विस्तारित मन्त्रीमण्डलमा पूर्वमाओवादी पृष्ठभूमीबाट ओली समूहमा लागेका टोप बहादुर रायमाझी र मणि थापा समेत समेटिएका छन् ।
रिक्त रहेकोमध्य श्रम मन्त्रीमा प्रभु शाहलाई नियुक्त गरिएको छ भने मणि थापालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै शिक्षा मन्त्रीमा दावा लामा, खानेपानी मन्त्रीमा गौरिशंकर चौधरी, उर्जा मन्त्रीमा टोपबहादुर रायमाझीलाई नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम केहीबेरमा हुने छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषी तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर रहेका थिए।