काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ८ अनुहार थपेर मन्त्रिपरिषद पुनगर्ठन गर्दै छन् । पुनगर्ठित मन्त्रिपरिषदमा पूर्व माओवादी तर्फबाट धेरै सांसद समेटिने भएका छन् ।
पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह,मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् ।
त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ ।
टाेपबहादुर रायमाझीलाई उर्जा मन्त्रालय, प्रभु शाहलाई श्रम मन्त्रालय, मणि थापालाई पर्यटन मन्त्रालय, गाैरी शंकर चाैधरीलाई शिक्षा मन्त्रालय, दावा लामालाई खानेपानी मन्त्रालयकाे जिम्मेवारी दिइँदै छ ।
बाँकी समेतकाे कार्यविभाजन टुंगाे लगाएर शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज साँझै सपथ खुवाउने तयारी छ ।