काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
शनिबार प्रचण्डको निमन्त्रणामा वामदेव खुमलटार पुगेका हुन् ।
खुमलटारमा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल भएको बताइएको छ । वामदेवले प्रचण्डसँगआफु संसद विघटनको विपक्षमै रहेको समेत बताएका छन् ।
संसद विघटनलगत्तै नेकपा दुई समूहमा विभाजन भएपनि उपाध्यक्ष वामदेव गौतम कुनै पनि समूहमा लागेका छैनन् । उनले पार्टी फुटको साक्षी आफु हुन नचाहेको भन्दै कुनैपनि पक्षमा नलागेको बताएका थिए ।