• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नयाँ शहर स्थापनालाई प्राथमिकता दिन्छुः शहरी विकासमन्त्री प्रभु शाह

  •  मेन समाचार संवाददाता
  • १२ पुष २०७७, आईतवार १६:२५ प्रकाशित
    Advertisement
    तस्वीर: रासस

    काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गरे । त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनको भनाइ थियो ।

    “सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”,उनले भने ।

    गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली यही पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएका कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिए ।

    शहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै उनले सन्थाल बस्तीमा आवास निर्माण गर्ने, राजधानीका विभिन्न स्थानमा साइकल लेन बनाउने कामलाई मन्त्रालयले प्राथमिकता दिनुपर्ने सुझाव दिए । ललितपुर महानगरपालिकाले मन्त्री निवास पुल्चोकअघि साइकल लेन निर्माण गरेकाले अरु नगरपालिकालाई पनि कार्यान्वयनका लागि प्रोत्साहन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

    गौरवका आयोजनाका रुपमा रहेको गोदावरी नपामा तीन हजार सिट क्षमताको गोदावरी अन्तरराष्ट्रिय सभागृह निर्माणले माघमा अन्तिम रुप पाउने गरी काम अघि बढाउन आफूले निर्देशन दिएको सो अवसरमा उनले बताए । सो अवसरमा राज्यमन्त्री रामवीर मानन्धरले मुखले बोलेको कुरालाई कार्यान्वयन गराउन आफू लागिपरेको बताए ।

    विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिनुहुन्छ । उनि विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग
    फेरि निष्कर्षविहीन बन्याे सत्तारुढ गठबन्धनकाे बैठक
    मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं – मुख्यमन्त्री यादव
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ३.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.