काठमाडौँ । संखुवासभामा गोली चलेको छ ।
जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ४ स्थित मैदानेमा प्रहरी र विप्लव समूहको कार्यकर्ताबीच गोली हानाहान भएको हो ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रवक्ता डिएसपी नवराज मल्लले मेनसमाचारलाई जानकारी दिएका छन् ।