काठमाडौँ । प्रिमियर लिग फुटबलमा लिभरपुल र वेस्ट ब्रोमले बराबरी खेलेका छन् । गएराति एनफिल्डमा भएका खेलमा लिग तालिकाको पुछारको टिम वेस्ट ब्रोमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
शुरुवातमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले १२ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा खेल निकै प्रतिस्पर्धात्मक ढंगले अगाडी बढेको थियो । तर, दोस्रो हाफको ८२ औँ मिनेट वेस्ट ब्रोमका सेमी अजायीले गोल गरेपछि बराबरीमा पुगेको हो ।
शीर्ष स्थान कायमै रहेको लिभरपुलले ३२ अंक जोडेको छ । दोस्रो स्थानको एभर्टनसंग लिभरपुलको अझै स्पष्ट तीन अंकको अग्रता छ ।
वेस्ट ब्रोम ८ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।