• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

करोड लागतमा कृषि फार्म

  •  मेन समाचार संवाददाता
  • १३ पुष २०७७, सोमबार ०९:३३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    वागलुङ । गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन ।

    अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयो–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ । व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजनामा सोही नगरपालिका–७ मल्मका छुमबहादुर थापाको समेत साथ छ ।

    नाताले साला÷भेना पर्ने थापा र खत्री मिलेर कृषि र पशुपन्छीपालनमा लगानी भित्र्याएका हुन् । झण्डै एक करोडको लागतमा अहिले फार्मको पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ । “आउँदो माघ अन्तिमसम्ममा फार्म सञ्चालनमा आउँछ”, खत्रीले भने, “संरचना निर्माणको काम अन्तिम चरणमा छ ।”

    गलकोट नगरपालिकाको केन्द्र वडा नं ६ स्थित मजुवाँफाटको २४ रोपनी जग्गा फार्मले ओगटेको छ । फार्ममा तरकारी खेती, माछा, बङ्गुरलगायत विभिन्न प्रजातिका कुखुरा र पन्छीपालन गर्ने योजना छ । तरकारी खेतीका लागि छ वटा टनेल र माछापालनका लागि पाँच वटा पोखरी निर्माण भइसकेका छन् ।

    यस्तै २०० बङ्गुर, एक हजार गिरीराज र कोइलर, ५०० स्थानीय जातका कुखुरापालन गर्ने गरी संरचना निर्माणको काम भइरहेको छ । पाँच सय बट्टाइ, १०० लौकाट र हाँस पनि पाल्ने योजना छ । गिरीराज र कोइलर जातको कुखुरा चल्ला उत्पादन र बिक्रीका लागि पाल्न लागिएको हो ।

    “पाँच हजार अण्डा राख्ने क्षमताको ह्याचरी राख्दैछौँ, गाउँमा थोरै मात्रामा कुखुरापालन गरिरहेका किसानलाई पनि चल्ला उत्पादनका लागि ह्याचरीको सुविधा दिन्छौँ”, ५६ वर्षीय थापाले भने । उनले अर्को वर्षसम्ममा रेष्टुराँ र पौडी पोखरीसहितको पार्टी प्यालेस पनि सञ्चालनमा ल्याउने योजना रहेको सुनाए ।

    आवासका लागि तीन कोठेसहित फार्मको कार्यालय भवनसमेत बनिसकेको छ । चौबीस रोपनीमध्ये साढे सात रोपनी फार्मकै नाममा जग्गा रहेको र बाँकी वार्षिक रु डेढ लाख तिर्ने गरी भाडामा लिइएको खत्रीले बताए । “चार÷पाँच वर्षदेखि नयाँ केही गरौँ भन्ने सोच आइरहेको थियो, अन्य विकल्पमा पनि प्रयास गरियो”, ३९ वर्षीय खत्रीले भने, “छि कृषितिर मन गयो, गत चैतमै फार्म शुरु गर्ने योजना थियो, लकडाउनले गर्दा पछाडि धकेलियो ।” उनले फार्म पूर्णरुपमा सञ्चालनमा आउँदा १० देखि १५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताए ।

    फार्ममा उत्पादित कृषि तथा पशुपन्छीजन्य उत्पादनका लागि बजारको कुनै समस्या नहुने उनको भनाइ छ । गलकोट र आसपासकै बजार र ग्रामीण भेगमै उत्पादन खपत हुने फार्म सञ्चालकको विश्वास छ । नजिकै पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत अन्य सडकको पहुँच भएकाले ढुवानी गर्न सहज छ ।

    दरमखोलाको सिञ्चित क्षेत्र भएकाले मजुवाफाँटमा पानीको बाह्रैमास सुविधा छ । पछिल्लो समय जिल्लामा व्यावसायिक कृषि र पशुपन्छीपालनतर्फ आकर्षण बढ्दो छ ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी
    बर्षात् र हिमपात नहुँदा कर्णालीका स्याउ किसान चिन्तित
    पोखराका होटल व्यवसायीको गुनासो– ‘सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ’
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन पाँच पूर्वप्रमुख आयुक्तहरुको आग्रह (बक्तव्यसहित)

    • २.
      भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप

    • ३.
      लक्ष्यभन्दा ४४ करोड बढी राजस्व सङ्कलन

    • ४.
      प्रधानमन्त्री पाए नभाग्ने देउवाको घोषणा, प्रतिपक्षबाट डगमगाउन नहुने पौडेलको अडान !

    • ५.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • ६.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ७.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओलीको हरेक कदममा साथ दिएकै कारण राष्ट्रपति भण्डारी विवादमा

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.