काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम र उल्भ्सले अंक बाँढेका छन् । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँढेका हुन् ।
खेलको शुरुवातमा टोटेनह्यामले गोल गरेको थियो । वेन डेभिसको पासमा पहिलो मिनेटमै टाङ्गे नेडोम्बेले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।
त्यसपछिका सबै प्रयासहरु असफल भएका थिए । खेलको ८६ औँ मिनेटमा उल्भ्सका रोमेन सैसले गोल गरेपछि नतिजा बराबरीमा पुगेको हो ।
खेलपछि २६ अंकसहित टोटेनह्याम लिग तालिकाको पाँचौ स्थानमा रहेको छ भने २१ अंकसहित उल्भ्स ११ औँ स्थानमा छ ।