काठमाडौँ । युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो शताब्दी खेलाडी घोषित भएका छन् । दुबईमा भएको ग्लोब सकर अवार्डमा रोनाल्डो शताब्दी खेलाडीबाट सम्मानित भएका हुन् ।
उनले लामो समयका प्रतिद्धन्दी लियोनल मेस्सीलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेका हुन् ।
३५ वर्षिया फरवार्डले स्पेन सहित ईङ्ल्याण्ड र ईटालीमा घरेलु लिग जित्नुका साथै युरो २०१६ मा पोर्चुगलबाट उपाधि हात पारेका थिए ।
सन् २००१ देखि २०२० सम्मको समयलाई आधार बनाएर शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो ।