काठमाडौँ । धनगढीको जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउदको मुख्य योजनाकार भनिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–१० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो।
राना आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ परेका हुन् । यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।
प्रारम्भिक अनुुसन्धानबाट राना लामो समयदेखि समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको खुलेको छ ।