काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपाल सँग भेटवार्ता गरेको छ । सोमबार बिहान प्रचण्डसँग भेट गर्न पुगेको चिनियाँ टोली खुमलटारपछि नेपाललाई भेट्न बानेश्वर आएको हो ।
बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो ।
आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।