• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

‘युवा व्यवसायीलाई सरकारले तक्मा हाेइन, काम गर्ने वातावरण मिला‍ओस्’

  •  मेन समाचार संवाददाता
  • १४ पुष २०७७, मंगलवार २१:१२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    सराङकाेट । बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिड–१९ कारण २५ दिनमै धरापमा परेको सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बताइन् ।

    शर्मा उनै हुन्, जसलाई सन् २०१९ मा बीबीसीले विश्वका प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समेटेको थियो । उनी महिला र बाल–स्वास्थको क्षेत्रमा काम गर्दै आएकी छन्, नवउद्यमी हुन् ।

    शर्माकै समकालीन अर्की महिला उद्यमी सोनिका मानन्धरले चाहिँ २५ वर्षदेखि महिलाहरूको हालत उस्तै रहेको उल्लेख गरिन् ।

    ‘नेपालमा २५ वर्षअघिदेखि महिलाहरूले सफा टेम्पु चलाउन थाल्नुभएको हो,’ उनले भनिन्, ‘अहिले उहाँहरूले सफा टेम्पु छाडेर इलेक्ट्रिक ट्याक्सी किन्न वा कुनै पनि कामका लागि ऋण माग्नुभयो भने कुनै पनि बैंकले उहाँहरूलाई पत्याउँदैनन् । यत्रो वर्षदेखिको योगदानपछि पनि नेपालमा महिलालाई विश्वास गरिँदैन ।’

    आइएमई लिटरेचर फेस्टिभलको नवौं शृंखलाको पहिलो दिनको दोस्रो सत्र ‘कर्मठ केटीहरू’ मा शर्मा र मानन्धरसँगै ‘खाली सीसी’ संस्थाकी आयुषी केसीले आफ्ना उद्यम, यसमा रहँदाका चुनौती, समाज, राज्य र अन्र्तराष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहार लगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरे ।

    तीनै युवा व्यवसायीका कामलाई बीबीसी, फोब्र्स, नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले चाहिँ कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन् ।

    यसमा खाली सीसीकी आयुषीले भनिन्, ‘देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु । निरन्तरको प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण शाखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं ।’

    बोनिता र सोनिकाले चाहिँ युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए ।

    ‘दुर्भाग्यको कुरा, नेपालमा विदेशीले ठप्पा नलगाइदिएसम्म कसैले पत्याउँदैन,’ बोनिताले भनिन्, ‘म बीबीसीको सूचीमा पर्नुअघि हत्तपत्त मान्छेले मेरो काम, कुरा सुन्दैनथे । अहिले चेली, छोरी भन्दै व्यवहार गर्छन् ।’ बीबीसीको सूचीमा परेपछि आफूलाई वाग्मती प्रदेशको योजना आयोगको एक समितिमा सदस्य बनाइएको उनले अवगत गराइन् ।

    ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि महिलाहरूमाझ वित्तीय पहुँच पुर्‍याउन डिजिटल टोकन सिस्टम प्रविधि निर्माण गरेको एलोई टेक्नोलोजिकी सोनिकाले व्यवसाय क्षेत्रमा प्रयोग हुने इन्नोभेसन (आविस्कार) बारे पनि बोलेकी थिइन् । उनका अनुसार आविस्कार भनेको प्रोग्रेस (प्रगति) हो । ‘सबै इन्नोभेसन हाई–टेक हुन्छन् भन्ने छैन, लो–टेक नै खासमा हाई–टेक हो,’ उनले भनिन् ।

    इन्नोभेसनहरू उच्च प्राविधिक हुनुनपर्ने बरु भइरहेको पद्धतीलाई सुधार गर्न सके त्यो नै इन्नोभेसन हुने आयुषीको भनाइ थियो । यही सन्दर्भमा बोनिताले थपिन्, ‘समाजमा विद्यमान समस्याको लो–टेकबाटै समाधान निकाल्न सकिन्छ । समाज सुहाउँदो समाधान खोज्न सक्नुपर्छ, यसरी सुधार होला भनेर पहिल्यै एजम्सन राख्नु हुँदैन । भुइसतहमै पुग्नुपर्छ ।’

    पितृसत्तात्मक समाजका प्रभावबारे राखिएको प्रश्नमा तीन जना वक्ताले अझै पनि खुलेर बोल्ने, नेतृत्व लिने र विश्वास आर्जन गर्ने कुरामा महिलालाई शंकाको दृष्टिले हेरिने बताए ।

    ‘मेरो एउटा सामान्य ट्वीटमा थुप्रै नराम्रा प्रतिक्रिया आएका थिए,’ बोनिताले भनिन्, ‘यसबाट मैले के बुझेँ भने हामीले महिला सशक्तीकरणका बारे थुप्रै बोलेछौं । तर सशक्त महिलासँग कसरी व्यवहार गर्ने भन्नेबारे चाहिँ बुझाउनै बाँकी रहेछ ।’

    आयुषीले भने खाली सीसी, पुराना कागज संकलन गर्ने दाजुहरू एककठ्ठा पार्न सुरुमा गाह्रो भएको स्मरण गरिन् । ‘उहाँहरू अलि ट्रेडिसनल पृष्ठभूमिको मान्छेहरू हुनुभएकाले केटीले नेतृत्व गरेको संस्थाले के नै गर्ला भन्ने लागेको हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई निर्देशन गर्न गाह्रै भयो । तर पछि तिनै सुरुका दाईहरूले अन्य दाईहरू पनि लिएर आउनुभयो ।’

    यो टोलीले कोरोनाका बेला आइपरेका गाह्रोसाह्रोबारे पनि केहीबेर भलाकुसारी गरेको थियो । काठमाडौंस्थित कार्यालयको कामका असर नपरे पनि फिल्डमा जान नसक्दा समस्या भएको सोनिकाले बताइन् ।

    उनले लकडाउनका बेला रोजगारी ठप्प भएका महिला सफा टेम्पु चालकलाई मान्छेको सट्टा सामान ओसारपसारतर्फ लगाएको बताइन् ।

    सत्रको अन्त्यमा वक्ताहरूले स्टार्टअपहरू सरकारी नीति–निर्माण कुर्नुभन्दा आफ्नै कामको उदेश्य र प्रतिफलबारे केन्द्रित भएर लागिपर्नुपर्ने बताए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
    फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)
    सक्छ भने हटाएर देखाओस्, चुनावबाट दुई तिहाइ लिएर फेरि बालुवाटार जान्छुः प्रधानमन्त्री
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.