• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सम्झनामा ‘असाधारण लेखक’हरू

  •  मेन समाचार संवाददाता
  • १४ पुष २०७७, मंगलवार २१:५७ प्रकाशित
    Advertisement
    लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्र ।

    सराङकाेट । लेखकहरू मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्रले आफ्नो बाल्यकाल र सीर्जनात्मक जीवनसँग जोडिएका अनुभूति साटे । र, नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको समापन भयो । स्वर्गीय लेखकद्वयका सन्तान रहेका इल्या र रोशनले आआफ्ना पिताले कला, साहित्य एवं लेखकको क्षेत्रमा पुर्‍याएको विषयमा चर्चा गरेका थिए ।

    इल्या भट्टराईले बुवा मदनमणि दीक्षितको पुर्खाको इतिहासबारे बखान गर्दै आफ्नो कुरा राखेकी थिइन् । कसरी मदणमणिका जिजुबुवा शिरोमणी आचार्य पढ्का लागि बनारस पुगे र कसरी दीक्षा धारण गरेर उनीहरू दीक्षित बन्न पुगे भन्ने बारे बताएकी थिइन् ।

    ‘जिजुबुवाकी आमाले आफ्नो छोरा पढोस् भन्ने उद्देश्यले बनारस लिएर जानु भएको थियो । त्यहाँ आमाले चाहे जसरी पढेपछि दीक्षा प्राप्त गर्नुभयो र हाम्रो पुर्खा आचार्यबाट दीक्षित बन्न पुग्यो’, इल्या भट्टराईले भनिन्, ‘त्यही पदवी हाम्रो थर बन्यो । र, मदनमणि दीक्षितकी छोरी हुँ भन्दा गर्व महसुस हुन्छ ।’

    उनले दीक्षितको साहित्य लेखनको आधार प्रेमपत्र भएको बताइन् । दीक्षितले आफ्नो एकतर्फी प्रेमिकाका लागि लेखेको ७ वटा पत्रनै बुवाको साहित्यिक लेखनको थालनी भएको सुनाएकी हुन् ।

    भलै, ती पत्र दीक्षितले कहिल्यै पनि आफूलाई मन परेकी युवतीलाई दिन भने सकेका रहेनछन्। तीनै पत्र पछि इल्या भट्टराईकी आमा अर्थात् दीक्षितकी श्रीमती रीताले प्राप्त गरिन् । ‘ती पत्रका कारण हाम्रो घरमा हंगामा नै भएको थियो । तर, ती पत्र लेखेकै कारण बुवाको झुकाव साहित्यमा पनि रहन पुग्यो’, उनले भनिन् ।

    त्यस्तै मदनमणिको राजनीतिक जीवन बारे पनि उनले चर्चा गरेकी थिइन् । राजनीतिले आफ्ना बुवालाई निकै माथि पुर्‍याएको तर कहिल्यै ‘नेता’ प्रवृत्ती हावी नभएको उनको तर्क रह्यो ।

    भनिन्,’राजनीतिमा लाग्नुभयो । त्यसका कारण परिवारबाट टाढा रहनु भयो । छोराछोरी कति कक्षामा पढ्छन् भन्ने कुराको समेत जानकार हुनुन्थेन ।’

    इल्याले आफ्ना बुवाको फोटोग्राफीको कुशलताबारे पनि कार्यक्रममा बोलिन् । कसैले उपहार दिएको सानो क्यामेराले फोटो खिच्न थालेका मदनमणिको फोटोग्राफीप्रतिको मोह समयसँगै बढ्दै गयो । भनिन्,’उहाँले खिचेक उत्कृष्ट फोटोहरू आज पनि छन्। तीनले बेग्लै कलात्मक महत्व राख्छ ।’

    पत्रकारितामा पनि अब्बल ठहरिएका मदनमणि दीक्षितबारे भट्टराईले भनिन्,’पीताजीका लेखहरू अझै पनि चर्चामा छन् । उहाँले लेख्नुभएका समीक्षाहरूलाई त्यस समय देखि नै बौद्दिक वर्गको खुराक मानिन्छ ।’

    धेरै क्षेत्रमा सक्रिय रहेका कारण आफ्ना बुवाले छोराछोरीलाई आवश्यक समय नदिएकोमा गुनासो गरिन् । भलै समयको हिसाबमा निकै कम क्षण बुवासँग बिताए पनि उनले घरमा सिर्जना गरेको वातावरणकै कारण आफू लेख्न र पढ्न प्रेरित भएको उनको कुरा छ । भनिन्, ‘उहाँले दिनुभएको माया र छायाले प्रत्यक्ष रुपमा नभए पनि प्रभाव पारेको छ ।’

    भट्टराईले मदनमणिले भारतीय नागरिक बन्नुपर्ने डरले विद्यावारिधी छाडेर नेपाल फर्किएको प्रसङ्ग सुनाइन् । जसका कारण उनी वीरगंजको एक विद्यालयमा ‘हेडमास्टर’ बने र जीवनभर मास्टर साहबको नामले चिनिए ।

    त्यस्तै कलाकार एवं लेखक मनुजबाबु मिश्रबारे बोले कलकार रोशन मिश्र । उनले बुवाको कलात्मक चेत र असाधारण व्यक्तित्वबारे चर्चा गरे । करिव ३ दशक घरभित्रै बसेर चित्रकला र लेखनमा समय बिताएका मनुजबावुसँग सबैभन्दा धेरै समय बिताएको सन्तानका रुपमा चिनाए आफैलाई । ‘त्यसैले पनि बुवाका थुप्रै अस्वभाविक व्यवहार र जीवनशैलीलाई नजिकबाट देख्न पाएँ’, रोशनले भने ।

    मनुजबाबुले हरेक विहान उठेर आफ्नो स्टूडियोको ऐनामा हेर्दै आफ्नै चित्र कोर्ने रोचक प्रसङ्ग जोडेका थिए रोशनले । ती चित्रकलाहरूमा कहिले चाउरिएको गाला देखिन्थ्यो त कहिले कान । त्यस्तै उनले आफ्नो हरेक जन्मदिनमा आफ्नै चित्र कोर्ने र त्यसमा शुभकामना सन्देश लेख्ने गरेकोबारे जानकारी दिए ।

    ८३ औं वसन्त पार गर्नुअघि भने उनले जन्मदिन आउनुभन्दा दुई साता अगावै चित्र कोरेर आफ्नै लागि सन्देश कोरेका रहेछन् । भने,’त्यो वर्ष अगाडि नै जन्मदिनमा गर्ने कर्म पूरा गर्नुभयो । हामी पनि अचम्मित भयौं। त्यही चित्र उहाँको अन्तिम कला बन्यो । आफूलाई नास्तिक बताउने मिश्रका चित्रकलाहरूमा भने देवताहरूको अनेक स्वरुप देख्न पाउने रोशनले बताए ।

    ‘उहाँको अन्तिम चित्रमा गणेश देख्न सकिन्छ । हरेक कुराको शुभारम्भमा गणेश राखिन्छ । तर त्यो त अन्त्य अघिको चित्र थियो,’ उनले भने । रोशनले बुवाले आफूलाई आवश्यक सामाग्री आफ्ना वरपर उपलब्ध वस्तुहरूको प्रयोगमा बनाउने र त्यसलाई कलात्मक रुप दिने खुबीको प्रशंसा गरे । भने, ‘बुवाका कलामा वैज्ञानिक डिजाइन हुन्थ्यो ।’

    दैनिक बाह्र घण्टा स्टुडियोको कुनामा बसेर बिताउने, कपाल पनि आफै काट्ने, अस्वस्थताका बाबजुद ट्याक्सी लिएर कहिले मेलम्ची त कहिले कलंकी बाइपास घुम्ने मिश्रका अनेक रहरहरू बारे खुलाए रोशनले ।

    भने, ‘बुवा आमा र मोनालिसा दुवैको चित्र आँखा चिम्लिएर बनाउन सक्नुहुन्थ्यो । त्यसैले उहाँले कोर्नुभएका मोनालिसाका चित्रहरूमा मेरी आमाले लगाउने धोती र गहना हुन्थे ।’

    मिश्रले ५०–६० जना कलात्मक हस्तीहरूको चित्र बनाएको स्केचबुकबारे पनि रोशनले खुलाएका छन् । जसमा मदनमणि दीक्षितसहित नारायण गोपाल, पारिजात, गोपाल योन्जन, लैनसिंह बाङ्देललगायतको चित्र र मिश्रकोसँगै उनीहरूको पनि हस्ताक्षर रहेको बताएका छन् । ‘मलाई लाग्छ बुवाको जीवनको निकै महत्वपूर्ण कामहरूमध्य यो एक हो’, रोशनले भने ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुससहित पक्राउ
    यस्तो बन्दै छ ३ वर्षमा २ अर्बमा भरतपुर विमानस्थलको टर्मिनल
    यस वर्षको एसईई परीक्षाको सबै तयारी पूरा, जापानबाट पनि सहभागी हुँदै परीक्षार्थी
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • २.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ३.
      5 Ways To Block Adult Sites

    • ४.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ५.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ६.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • ७.
      जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.