• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

राष्ट्रपतिबाट उधौली र तमु ल्होसारको शुभकामना व्यक्त

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार १०:११ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

    प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा दिन सकोस् भनी राष्ट्रपतिले शुभकामना पनि प्रकट गरेकी छन् ।

    उधौली पर्वका अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षी लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामनासहित भूमिको पूजा गर्छन् । साथै यस पर्वका अवसरमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ ।

    यसैगरी राष्ट्रपति भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

    बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भााव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वा स राष्ट्रपतिले व्यक्त गरिन् ।

    कोभिड१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन हुन उनले सबैमा आह्वान गरेकी छन् ।

    यस पर्वले सम्पूर्ण नेपालीलाई भावनात्मक एकताका सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वा स व्यक्त गर्दै राष्ट्रपतिले सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

    गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसारपर्व मनाउँदै छन् । यस पर्वका अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनाका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्य नाच्दै रमाइलो गर्ने परम्परा छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप
    प्रदेश २ को प्रदेश सभा बैठक अन्यौलः आज हुने बैठक २ गतेका लागि सारियो
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन पाँच पूर्वप्रमुख आयुक्तहरुको आग्रह (बक्तव्यसहित)

    • २.
      भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप

    • ३.
      लक्ष्यभन्दा ४४ करोड बढी राजस्व सङ्कलन

    • ४.
      प्रधानमन्त्री पाए नभाग्ने देउवाको घोषणा, प्रतिपक्षबाट डगमगाउन नहुने पौडेलको अडान !

    • ५.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • ६.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ७.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      ओलीको हरेक कदममा साथ दिएकै कारण राष्ट्रपति भण्डारी विवादमा

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.