• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

वैकल्पिक विधि प्रभावकारी नबनेपछि इलाममा विद्यालयबाटै पढाइ शुरु

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार १०:२० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    प्रतिकात्मक तस्वीर

    इलाम । कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् ।

    सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ । अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय शुरु भएका हुन् । जिल्लामा तिहार लगत्तै केही विद्यालय खुले तर कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भए । पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन् ।

    पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्पका बारेमा प्रयोग गरियो । विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन् । त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनु परेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापा बताउँछन् । शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए । विद्यालयहरूले टोल शिक्षण, एफएम÷रेडियो शिक्षण, भर्चुअल९जुम० शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक आएन ।

    एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षणको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन । “विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन”, थापाले भने ।

    महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै दुई स्थानीय तह ९इलाम नगरपालिका र सूर्योदय नगरपालिका० ले रेडियो शिक्षण पद्धति अपनाए । स्थानीय तीन रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो । रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ । “कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ”, सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भने, “तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्यो ।”

    केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए । यो पद्धति पनि प्रभावकारी बनेन । त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० इलामका अध्यक्ष विकास कर्मचार्य बताउँछन् । कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो । “विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो”, कर्मचार्यले भने, “सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन । मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन् ।”

    केही समयअघि विद्यालय खोल्ने क्रममा जिल्ला सुरक्षा समिति र स्थानीय तहको मापदण्ड पनि बाझिएको थियो । प्रशासनले बन्द गरेको र स्थानीय तहले खोल्न अपिल गरेकाले सरोकारवालासमेत अन्योलमा परेका थिए । पछिल्लो समय अन्योल त छैन तर वैकल्पिक माध्यमको फाइदा हुन नसक्नुमा चाहिँ स्थानीय तहको कमजोरी रहेको कर्मचार्यको तर्क छ । आउँदा दिनमा पनि कोरोना पुनः भयावह भएमा वैकल्पिक विधि नअपनाउँदा शैक्षिक क्षेत्र समस्याबाटै गुज्रिनु पर्ने अनुमान उनको छ ।

    जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ । कोरोनाका कारण अभिभावकले विद्यार्थी नपठाउँदा अझै पनि पठनपाठन ढिलो हुने सम्भावना छ । फाट्टफुट्ट कोरोना सङ्क्रमित भेटिँदै रहेकाले अभिभावकले विद्यार्थी नपठाएको शिक्षा समन्वय एकाइ बुझाइ छ ।रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    डडेल्धुरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
    रैथानेबाली प्रवर्द्धनका लागिभन्दै तेस्रो जुम्ला महोत्सव आयोजना गरिने
    मजदुरको आर्थिक हैसियत उकास्न सके लोकतन्त्र सफल : मुख्यमन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.