• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

पाथीभरा क्षेत्रको जङ्गलमा डढेलोः रेडपाण्डा सङ्कटमा

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार ११:४७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्वीर: रासस

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले रेडपाण्डा ९रातो हाब्रे० को चरन तथा बासस्थान खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आँकलन गर्न नसकिने शेर्पाले बताए ।

    पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताए ।

    आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए । हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।

    काठमाडौँबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन । गत बिहीबारदेखि फुङलिङ नगरपालिका–११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना
    दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे
    सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

    • २.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • ३.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • ४.
      नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    • ५.
      आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    • ६.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ७.
      प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.