• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

चाडपर्व राष्ट्रिय एकता,पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्ः प्रधानमन्त्री ओली

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार १४:०९ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको बताएका छन् ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताउँदै उनले भनेका छन्, “एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, वेशभूषा बहुमूल्य पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।”

    उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताएका छन्।

    “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात् गर्दै हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ”, उनले सन्देशमा भनेका छन् ।

    तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रुपमा लिइन्छ । गुरुङ भाषामा ‘ल्हो’लाई दिन र ‘छार’लाई फेरिने अर्थमा लिइन्छ । भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष फेरिने दिनका रुपमा मनाउने गर्छन् । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ
    आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ

    • २.
      चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला

    • ३.
      टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे

    • ४.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • ५.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • ६.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ७.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.