• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

वन फँडानी गर्नेलाई कडा कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार १५:५० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वन फँडानी गर्ने भू–माफिया र मतियारविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।

    त्यसअघि बर्दिवासवासीले यस भेगका सामुदायिक वन राजनीतिक संरक्षणमा मासिंदै गएकाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीले भने,“वन फँडानी गर्ने तस्कर र तिनका मतियारविरुद्ध कडा कारवाही गर्नोस् ।” वन फँडानीका घटनामा विगतमा राजनीतिक संरक्षण हुने गरेको स्वीकार्दै मुख्यमन्त्री राउतले अब दोषीलाई कारवाही गरेर छाड्ने बताए ।

    महोत्तरीको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख फाँडिएपछि जारी पुस महिनाको पहिलो सातादेखि नै यहाँ दिनहुँ सोविरुद्ध प्रदर्शन र कारवाहीको माग हुँदै आएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले आफ्नो निजी जग्गाको रुख भन्दै सो कटानका लागि बर्दिवास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिकै सहमति पाएपछि पुसको पहिलो सातामा रातारात वन फँडानी भएको थियो ।

    आचार्य र गौतमले साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ ९हाल बर्दिबास नगरपालिका–१० को कित्ता नम्बर–२ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) जग्गामा आफैँले रोपी हुर्काएको रुख कटानका लागि डिभिजन वन कार्यालय महोत्तरीमा स्वीकृतिका लागि गत असोजमै निवेदन दिएका थिए । सो निवेदनको प्रक्रियामा बर्दिबास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिले रुख काट्न मिल्ने सहमति दिएपछि डिभिजन वन कार्यालयले कटान आदेश दिएको थियो ।

    यसैगरी डिभिजन वन कार्यालयले गलत सूचना र टिप्पणी लेख्ने आफ्नै सातजना कर्मचारीविरुद्ध कारवाही थालेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । बर्दिबासमा वर्सेनी वन क्षेत्र अतिक्रमण हुने क्रम भने बढ्दै नै गएको छ । गत वर्ष बर्दिवास–१, ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको प्लट नम्बर पाँचभित्र करीब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण भएको सीमाङ्कन गरिएको थियो । प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव पे्रमनारायण कँडेलकै उपस्थितिमा भएको सीमाङ्कनअनुसार अतिक्रमण हटाउन डिभिजन वन कार्यालय र सम्बद्ध सामुदायिक वन उपभोक्ता समितिले कुनै तदारुखता नदेखाएको बर्दिवासबासीको गुनासो छ ।

    जिल्लामा जम्मा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको अभिलेख र स्रेस्ता रहेपनि वर्सेनी हुने वन अतिक्रमण र त्यसको रोकथाममा देखिएको उदासीनताले अब वन क्षेत्र करीब १६ हजार हेक्टरमा खुम्चिएको छ । प्रदेश सरकारका मुख्यमन्त्रीले वन अतिक्रमणविरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएपछि केही हुने आश भने पलाएको बर्दिबासबासी बताउँछन् । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.