काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।
केही दिनदेखि स्वास्थ्य बिग्रँदै गएपछि प्रचण्डपत्नी सीतालाई बुधबार अस्पताल भर्ना गरिएको हो ।

तस्बिरः गंगा दाहालको फेसबुकबाट
उनलाई काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले सामाजिक संजालमार्फत जानकारी दिएकी छिन् ।