• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

‘क्वेर हुनुको अर्थ’ माथि कुँवर र कश्यपबीच वार्ता

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार १७:५५ प्रकाशित
    Advertisement

    पोखरा । लैंगिकता एवं यौनिकतासँग जोडिएका विषयका अभियन्ता थिए सुनिलबाबु पन्त । सोही विष निलहिरा समाजका संस्थापक समेत रहेका उनी एक वर्षयता भने भिक्षु बनेका छन् । हाल उनी भिक्षु कश्यपका रुपमा चिनिन्छन् । नेपाल लिटरेचर फेस्टिभलको सत्र ‘नेपालमा क्वेर हुनुको अर्थ’मा उनी र लेखक निरञ्जन कुँवरले छलफल गरे ।

    कार्यक्रममा उनीहरूले नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको सामाजिक एवं कानुनी अवस्था, पश्चिमा समाज र पूर्वीय समाजमा लैंगिक अल्पसंख्यकका लागि भएका काम, सामाजिक संचरनाले यस विषयमा पार्ने असरलगायत विषयमा छलफल गरे ।
    भिक्षु कश्यपले क्वेरको शाब्दिक अर्थ ‘अचम्मको’ भएको बताए । सन् १९८०÷९० को दशकमा अमेरिकामा उक्त शब्द प्रयोगमा आएपछि विश्वव्यापी रुपमा स्विकारिएको उनको भनाइ छ । भने, ‘पहिले समाजमा कुनै एक बच्चा पूर्ण पुरुष वा पूर्ण महिलाका रुपमा हुर्कने बुझाइ थियो । तर, जन्मँदै वा हुर्कंदै गर्दा कुनै बालबालिकामा महिलामा हुनुपर्ने जस्तो वा पुरुषमा हुनुपर्नेजस्तो गुण विकास नहुँदा उनीहरूलाई तृतिय प्रकृतिका मानिसका रुपमा लिइयो ।’

    पश्चिमा समाजमा त्यही समूहलाई क्वेर भनिएको हो । त्यस समाजले लैंगिक वा यौनिक रुपमा कोही पुरुष वा महिला हुन नसकेको खण्डमा उसलाई ‘तिमी पार लाग, कि पुरुष बन, कि महिला’ भन्ने आशयसहित व्यवहार गरिने भएकाले उनीहरूला पारलिंगीसमेत भन्ने गरिएको उनले बताए ।

    ‘जे होस् महिला र पुरुष बाहेक अरु लैंगिक पहिचानका मानिस हुँदा रहेछन् भन्ने बुझियो । तृतीय प्रकृतिका भनिए पनि त्यसले लैंगिक विविधताको झल्कायो,’ उनले भने ।

    लैंगिक वा यौनिक अल्पसंख्यक जनाउने थुप्रै नेपाली शब्द भए पनि नेपालमा पश्चिमा शब्दहरूको प्रयोग बढी भएको कश्यपको भनाइ छ । उनले नेपाली एवम् अन्य पूर्वीय समाजमा सामाजिक र सांस्कृतिक रुपमा लैंगिक अल्पसंख्यकहरूलाई विभिन्न भूमिका दिइनुलाई सकारात्मक रुपमा टिप्पणी गरे । पश्चिमा देशमा अझै पनि लैंगिक वा यौनिक हिसाबमा महिला वा पुरुष नभएकै कारण मानिस वहिष्कार हुने वा विभिन्न सजाय भोग्नुपर्ने अवस्थाबारे सुनाए । भने, ‘हाम्रो त मारुनीदेखि रोपाइ जात्रा वा राणाकालदेखि अन्य राजाहरूले समलिंगीहरूलाई कलाकारका रुपमा प्रस्तुत गरिन्थ्यो । त्यो ठाउँ दिइएको थियो ।’ पुरातन समाजमा छोरीहरूलाई नाच्न नदिँदा पारलिंगीलाई नै अघि सार्नेदेखि तराईंको हिजरा, नटुना, जनानालगायत चलनको समेत उदाहरण दिए ।

    कश्यपले लैंगिक एवं यौनिक अल्पसंख्यकहरूको हकमा लैंगिकताका आधारमा पूर्वीय समाज प्रगतिशील भएको र यौनिकताका हिसाबमा पश्चिमा समाज अगाडि भएको तर्क राखे । ‘नीतिगत र संस्कृति हिसाबमा पूर्वीय समाज तृतीय प्रकृतिका मानिसका लागि केही उदार छ’, कश्यपले भने । भलै धर्मग्रन्थका केही अंश, सामाजिक संचरनाले भने मानिसलाई लैंगिकरयौनिक अल्पसंख्यकबारे सोच सीमित घेरामा बाँधिदिएको उनले बताए ।

    ‘जैन, बौद्ध र हिन्दु धर्ममा लाग्नेहरूका लागि यी विषय क्लिष्ट छ । किनकि त्यहाँ यौन र यौनिकता काम र वासनासँग जोडिएका विषय हुन् भनिएको छ । तिनलाई त्यागेपछि मात्र मानिसले मुक्ति पाउने जनाइएको छ । कामना र इच्छाहरू बाँकी रहेसम्म बाँधिइरहन्छौं भनिएको छ,’ उनले भने ।

    बौद्ध धर्मका भिक्षु, भिक्षुणी एवम् अनुयायीहरूले पालना गर्नुपर्ने पञ्चशीललाई उदाहरणका रुपमा उनले प्रस्तुत गरे । जहाँ ‘उभयव्यञ्जक’ (महिला पुरुष दुवैको लैंगिक अंग भएको मानिस) र ‘पाण्डक’ (कुनै अंग नभएको)लाई संगठनमा समावेश नगर्नु भन्ने छ । ‘यी धेरै पछि आएका कुरा हुन् । बुद्धले त मुक्तिको मार्गमा लाग्ने सबै मानवमा चेतना हुन्छ भेदभाव गर्नुहुँदैन भनेका छन् । अपांगता भएकाहरूलाई नि समावेश नगर्नु भनिएको शील पछि लेखिएका हुन्, जसमा मलाई विश्वास छैन,’ उनले भने ।

    समाजमा लैंगिकता र यौनिकताका विषयलाई लिएर अज्ञानता स्थापित हुनुमा धर्मशास्त्रको योगदान रहेको उनको तर्क हो । प्रायः धर्मले महिला वा समलिंगी हुनु पूर्वजन्ममा यौन सम्बन्धमा अनैतिक हुनुको फलका रुपमा व्याख्या गर्नुलाई समस्याका रुपमा उनले प्रस्तुत गरे । ‘यी मिथ्या विचार हुन् । जुन समस्या पितृसत्तात्मक धार्मिक संघहरू संगठित भएका हरेक समाजलमा छन् । यी भ्रम नचिरेसम्म समाजमा उस्तै विचार स्थापित रहन्छ,’ उनले भने ।

    समलिंगी मानिसको पहिचानमाथि नै प्रश्न वा शंका वा आलोचना हुनुलाई समस्याका रुपमा बुझेका रहेछन् भिक्षु र निरञ्जन दुवैले । सहजकर्ता निरञ्जन स्वयं गे हुन् । उनले केही महिनाअघि सार्वजनिक गरेको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’बारे पनि छलफलमा चर्चा भयो । सम्भवतः नेपाली भाषामा लैंगिक तथा यौनिक अल्पसंख्यकबाट अंग्रेजी भाषामा प्रकाशित पहिलो पुस्तक हो यो । कश्यपले उक्त पुस्तक धेरैका लागि प्रेरणा बन्न सक्ने बताए । पुस्तकले लैंगिक पहिचान, समलिंगी सम्बन्ध, उनीहरूले गर्नुपर्ने संघर्ष र नेपाली साथै अमेरिकी समाजमा पनि लैंगिक अल्पसंख्यहरूलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार प्रस्ट्याउने बताए ।

    २० वर्षअघि निलहिरा समाजमार्फत नेपालमा लैंगिकता तथा यौनिकताको विषयलाई अघि सारेका भिक्षु अब भने अभियानहरूबाट पर अध्यात्माको बाटोमा छन् । उनी भिक्षु बनेको एक वर्ष पुग्यो । भलै उनमा रहर भने बाल्यकालदेखि नै रहेछ । गाउँ गोर्खामा गेरुवस्त्र धारण गरेर आउने मानिसहरूको ब्रह्म, आत्म र अध्यात्मको कुराले चकित र प्रभावित भएको बताए । त्यस समयमै आफू संन्यासी बन्न जाने बताए पनि उनका बुवाले पठाएनन् ।

    २८ वर्षको हुँदा पहिलो पटक विपश्यना ध्यान शिविर गए । त्यहाँ आफूलाई लाभ भएको उनले बताए । ‘यो रहेछ बाटो त । अब बुद्धले सिकाएअनुरुप गर्छु भन्ने भन्ने सोचेको थिएँ । तर, बुवाआमा मान्नुभएन’, उनी सुनाउँछन्, ‘परिवारको अनुमति नलिई संन्यासी बन्नु राम्रो मानिँदैन ।’

    त्यसपछि सामाजिक आन्दोलनमा लागेका उनले नेपालका क्वेरहरूका लागि बोले, लडे ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.