• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

युवाको नजरमा नेपाल

  •  मेन समाचार संवाददाता
  • १६ पुष २०७७, बिहीबार १०:१२ प्रकाशित
    Advertisement
    Advertisement

    सराङकाेट । दाइहरुसँग स्कुलको होमवर्क सिक्ने क्रममा प्रकृति भट्टराई, बस्नेत राजनीतिक शब्दावली समाजवाद, कम्युनिज्मजस्ता शब्दको अर्थ बुझेकी थिइन् ।

    स्नातक तहमा सोसल वर्क पढ्न सेन्ट जेभियर पुगेपछि दाइहरुसँग हुने राजनीतिक गफ छुट्दै गयो । गफको न्यास्रो मेटाउन उनले आफ्नै कक्षाका साथीहरुसँग प्रयास गरिन् । तर संसारभरका गफ हुने उनका केटी साथीहरुको टेबलमा राजनीतिक गफ गर्ने माहोल बनेन ।

    उनी साथीहरुको राजनीतिप्रति अरुचि देखेर अचम्म मान्थिन् । स्थानीय तहको चुनाव हुने समयमा उनी कुनै राजनीतिक पार्टीमा इन्टर्नसिप गर्दै थिइन् ।

    भोट हाल्न प्रेरित गर्ने अभियान चलाउँदा काठमाडौँको क्षेत्र नं १ मा रोजगार महिलाहरु भेटिन् जोसँग भोटिङ कार्ड थिएन । उनीहरु श्रीमान् र ससुराले जसलाई भन्छन् उनीहरुलाई भोट हाल्न तयार थिए ।

    त्यही घटनाले प्रकृति महिलाका लागि राजनीतिक साक्षरता बढाउने संस्था खोलिन्। उनले आफ्नो संस्थाको नाम नै राखिन्, महिलाका लागि राजनीतिक साक्षरता ।

    नेपाली जनसंख्याको ५१ प्रतिशत भन्दा धेरै संख्या महिलाको छ तर प्रकृतिले भेटेका धेरै महिलाहरु महत्वपूर्ण क्षेत्र राजनीतिबारे जानकार थिएनन्, चासो राख्दैनथे।

    आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौँ सँस्करणमा सहजकर्ता अभियन्ता जगन्नाथले ‘युवाको नजरमा नेपाल’ शिर्षकमा यी तीन वक्ताहरुको परिचय व्यक्त गरे। फरक नजरले समाज बुझेका, बाँच्नको लागि संघर्ष गरेका युवाहरुले आफ्नो भविष्य नेपालमा कस्तो देखेका छन् भन्नेमा छलफल अगाडि बढेको थियो ।

    सौगात वाग्ले २०५६ साल फागुनमा जन्मिए। शिशु अवस्थामा उनकी दिदी भन्द उनी फरक स्वाभावमा देखिए। उनमा केही समस्या भएको थाहा भएपछि सामाजिक लाल्छना उनको आमाले भोग्नुप¥यो। शिशुलाई सुस्तमनस्थिती भन्दा आमाले पत्याइनन्। वाग्लेलाई नेपाल आँखा अस्पतालले दृष्ट्रिमा समस्या भएको प्रमाणित गर्‍यो।

    उनी हुँर्कदै गर्दा उनकी आमाले धेरै दुख पाइन्, सौगातलाई विश्वज्योति बोर्डिङमा भर्ना भए तर दृष्टि क्षमता कमजोर भएको कारणले ४ वर्षसम्म नर्सरीमा बसे। उपचार अनि पढाइका क्रममा उनले घर छोडे।

    शिक्षा अनि आर्थिक पहुँचमा उनीजस्ता दृष्टिबिहिन अनि फरक शारीरिक क्षमता भएका व्यक्तिहरुको स्थिती के छ भनेर पत्ता लगाए । सबै अवस्था सामान्य हुँदा पनि आफूलाई असामान्य देखिनुले उनमा प्रश्न ल्याएको छ, हामीलाई किन समान व्यवहार गरिदैन ?

    डा. भावना तामाङले विद्यालय आफूसँग छुटेपछिमात्र तिनको महत्व बुझिन्। बाआमाको सम्बन्ध बिच्छेद भएपछि उनको पढाई छुट्यो अनि उनलाई पढ्ने भोक जाग्यो। घरमा आर्थिक भार आमाको काँधमा आएको देखेपछि उनले ‘केयर टेकर’ भएर काम गरिन् त्यो बेला उनको लागि पैसा भन्दा ठूलो कुरा केही थिएन।

    तर पढाइको भोकले मन निमोठेपछि आमासँग गुहार्न पुगिन्। उनकी आमाले पहिलेको जस्तो महंगो विद्यालयमा पढाउने हैसियत राख्दिनथिइन्। आमालाई समता स्कूलको बारेमा थाहा थियो, त्यसैले १०० रुपैयाँ मासिक तिरेर उनी विद्यालय पढ्न जान थालिन्। विद्यालयमा उनले किताबी ज्ञानमात्र होइन, व्यवहारिक शिक्षा पनि सिक्ने अवसर पाइन्।

    विभिन्न अध्ययनले आर्थिक रुपमा विपन्न बच्चाहरु ६० प्रतिशत विद्यार्थी प्लस २ माथि पढ्दैनन् भन्ने देखाएको छ । अपाङ्गता भएका ५ प्रतिशतमात्र विद्यार्थीहरु विद्यालय जान पाउँछन् । ड्रप आउट हुनेमा महिला विद्यार्थी धेरै हुन्छन्।

    डा. भावना गुरुङले आर्थिक विपन्नता भएको युवा कसरी पढाईबाट अलग्गिएका छन्, भन्ने बारेमा बुझाउन आफ्नो कथा सुनाइन्। उनिजस्तै कम आय भएको परिवारको स्कूल बनेको समता शिक्षा निकेतनमा कसरी पढ्नलाई प्रेरणा दिइन्छ भनेर बुझाइन्।

    ‘७० हजार विद्यार्थी समतामा पढ्छन्। आर्थिक रुपमा विपन्न बच्चालाई स्कूलामा ल्याउन समता मोडल ठीक छ ?’ भन्ने प्रश्नमा विद्यालय छोडेका विद्यार्थीलाई पढाईमा आकर्षण गर्न परिवारको भूमिका रहने बताइन्। उदाहारण उनकी आमा थिइन्।

    उनी र उनीजस्तै बच्चाहरुलाई विद्यालय फर्काउन एप्रोज गर्ने धेरै तरिका आवश्यक रहेको उनले बताइन्। उनको अनुभवमा अवसरले मात्रै विद्यालय पुर्‍याउँदैन । उनले भनिन्, ‘अहिलेको अवस्थामा यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ।’

    सौगात वाग्लेले फरक क्षमता भएको मानिसहरुलाई साहित्य र चलचित्रले पनि एकै डालोमा हालेर देखाएकोले दयाको पात्रमा सिमित गराएको बताएका छन्। उनले व्यवस्थापन अध्ययन गरेर बैंकमा खाता खोल्दासम्म भोगेका संघर्षले आफूजस्तैको लागि आर्थिक पहुँच हुनुपर्ने आवश्यकता औल्याएको छ।

    प्रकृति आफूजस्तै युवामा राजनीतिक वेतृष्णा भएपनि उनीहरुमा राजनीतिको बारेमा जान्ने उत्सुकता भएको अनुभूत गरेकी छन्। पछिल्लो युवा राजनीति भन्दा बाहिर रहनुको ३ कारण देखाइन्,

    १ केही वर्ष यता हेर्दा, सामाजिक, राजनीतिक अधिकारकर्मी युवामैत्री गर्ने भनेर आए, अर्को जमातले युवालाई अनुग्रह गरेन, उनीहरुलाई गम्भीर रुपमा लिइदिएन

    २ राजनीतिलाई यति पर राख्यौँ की कुनै क्षेत्रमा सफल व्यक्ति भयो त्यसलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बुझाई छ यसले हिरो बन्न राजनीति भन्दा टाढा बसे हुन्छ भन्ने बुझाई

    ३ भातृ संगठनले नयाँ पुस्तालाई ल्याउन नसक्नु – विद्यार्थी राजनीति चाँहीदैन भन्ने अवधारणा आयो। बेतृष्णा पनि छ विद्यार्थी नेता पार्टीको झोला बोकेर हिड्ने भए।

    युवाहरु राजनीतिमा आउँन, बुझ्न इच्छुक छन् तर ठाउँ, अवसर नपाएर हच्किएका छन् । इनअफइज इनअफ आन्दोलनपछि महिलाहरु राजनीति बुझ्न उत्सुक भएको उनको अनुभव छ। तर महिलाहरु अझै हिरो पात्रको रुपमा यो पुस्ताले नदेख्ने उनले बताइन् ।

    ‘फिमेल प्रोटागनिस्ट पुस्तकमा पनि १० प्रतिशत छ, मानिसको कल्पनामा शून्य। मानिसको कल्पनामा स्थापना गर्न यो पुस्ताको समय लाग्छ।’ युवालाई राजनीतिमा आकर्षित गर्न र महिलालाई हिरो बनाउनको लागि ‘टप टु बटम अप्रोच’ भन्दा पनि ‘बटम टु टप अप्रोच’ लागू गर्नुपर्ने उनले बताइन् ।

    फरक अवस्थामा हुर्किएका युवाका अनुभवमा आधारित कथा हो, जसले भोगाईको आधारमा देशमा भविष्य अनुमान गर्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो
    ३१ सहसचिवको एकैपटक बढुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)
    सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुइ अधिकृत घुससहित पक्राउ
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

    • २.
      ३१ सहसचिवको एकैपटक बढुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

    • ३.
      सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुइ अधिकृत घुससहित पक्राउ

    • ४.
      नेपाल आए मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह, विमानस्थलमा भव्य स्वागत

    • ५.
      शेयर बजार ४४.९४ अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

    • ६.
      इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    • ७.
      इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      अवहेलना मुद्दाः चार पूर्वप्रधानन्यायाधीशलाई वारेस राख्न सर्वोच्चको अनुमति

    • ७.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई केक खुवाए !

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.