काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रमाण मेटाएको भन्दै सरकारले निलम्बन गरेको दुई प्रहरी अधिकारीहरुलाई पुनर्वहाली गरिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले कञ्चनपुरका तात्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश प्रसाद भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा उनीहरुलाई सफाई दिने निर्णय गरेको थियो ।
०७६ साउन १५ को सो फैसलापछि उनिहरुले बर्खास्तीको निर्णयमा पुनर्बिचार गर्न गृहमन्त्रालयमा मार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए ।
०७५ साउन ११ मा कञ्चनपुरकी निर्मला पन्तको शव भिमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो । त्यतिबेला इन्स्पेक्टर भट्ट सो वडा–एरियाका इन्चार्ज थिए । एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थिए ।