स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेलाई पराजित गरेको छ ।
सन् २०२० मा शीर्ष स्थानमै रहेको उसले रियल मड्रिडसँग २ अंकको अग्रता बनाएको छ । खेल सुरु भएको २० मिनेटमै लुइस स्वारेजको गोलमार्फत अग्रता लिएको एट्लेटिकोले त्यसयता गोल गर्न सकेन ।
एट्लेटिकोको घरेलु मैदानमा गेटाफेले शानदार खेल प्रस्तुत गरेको थियो । तर स्वारेजको गोल नै ३ अंकका लागि निर्णायक बन्यो ।
जितपछि एट्लेटिकोको १४ खेलबाट ३५ अंक भएको छ । २ खेल बढी खेलेको रियल मड्रिडको ३३ अंक छ ।