• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा प्रचण्ड–माधव समूहका १५ सांसद निलम्बन

  •  मेन समाचार संवाददाता
  • १६ पुष २०७७, बिहीबार १५:१६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्वन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय नेता समेत रहेका राईले आफुविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका सांसदहरुलाई कारबाहीस्वरुप निलम्बन गरेका हुन् ।

    बिहीवार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री राइले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिई मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाको लागि निलम्बन गरेका जानकारी दिइएको छ ।

    निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

    अविश्वासको प्रस्ताव दर्ता गर्ने १९ जनासँग स्पष्टीकरण सोधिएको थियो । चार जना सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही नगरिएको बताइएको छ ।

    मुख्यमन्त्री राईले यसअघि नै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोलाई बर्खास्त गरिसकेका छन् । आज नै प्रचण्ड–माधव पक्षका सांसदहरुले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट समेत हटाइसकेको छ । उनलाई हटाएर भीम आचार्यलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’
    साथी नभेटेपछि ‘जबरजस्ती’ एक्लिएको एमाले !
    आज राति भारी वर्षाको सम्भावना तीनवटा प्रदेशमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओझेलमा धार्मिक महत्त्वको दुधपोखरी कुण्ड

    • २.
      अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

    • ३.
      सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

    • ४.
      मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

    • ५.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • ६.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • ७.
      नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.