काठमाडौं । साताको अन्तिम दिन पनि धितोपत्र बजारमा हरियाली छाएको छ । बुधबार करिब ५० अंकले बढेको शेयर बजार बिहीवार पनि दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज परिसुचक २५ दशमलव २१ अंकले बढेको छ । परिसुचक दुई हजार ८७ दशमलब २७ विन्दुमा पुग्दा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य सबै समूह बढेका छन् ।