काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ठ पारेको छ । केही दिनदेखि राजधानी लगायत अधिकांश क्षेत्रमा झ्याप्प झ्याप्प बत्ती जाने गरेपछि उपभोक्ता तथा संचारमाध्यमहरुले अघोषित लोडसेडिङ हुन थालेको भन्दै टिकाटिप्पणी शूरु भएपछि प्राधिकरणले त्यसबारेमा स्पष्ट पारेको हो ।
बिहीबार एक विज्ञप्ती जारि गर्दै प्राधिकरणले विभिन्न संचारमाध्यमा आएका समाचारहरुले आफ्नो ध्यानाकर्षण भएको र लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको जानकारी दिएको हो ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जारी गरेको विज्ञप्तीमा लाइन जाने समस्या छोटो समयको लागि भएको आपूर्ति अवरोध मात्रै भएको प्रष्ट पारेको हो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । राष्ट्रिय विद्युत् प्राणालीमा भारवहन भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्ति अवरोध लोडसेडिङ नभएको विज्ञप्तीमा प्रष्ट पारिएको छ ।
विज्ञप्ती हेर्नुहोस्