काठमाडौँ । सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।