• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

‘हुक्काः एन एब्सर्ड ड्रिमले मनोविज्ञान बोकेको छ’

  •  मेन समाचार संवाददाता
  • १० जेष्ठ २०८०, बुधबार २०:२४ प्रकाशित
    Advertisement
    Advertisement

    नाटक, टेलिफिल्म निर्देशन र फिल्ममा सहायक निर्देशनको अनुभव संगालिसकेका शम्भु थापा आफ्नो पूर्ण निर्देशकीय फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ लिएर यही शुक्रबार अर्थात् १२ जेठबाट दर्शकमाझ आउँदैछन् । अघिल्लो फिल्म ‘धौली’मा निर्मातासँगै मुख्य सहायक निर्देशनको अनुभव लिएका शम्भुलाई पूर्ण निर्देशकीय क्षमता देखाउन उत्साह र चुनौती दुवै उत्तिकै थियो । तर, दुवै कुरा उनले सजिलै पूरा गरे ।

    ‘मेरो रुची फिल्म निर्माण नै हो । तर कतिपय अवस्थामा हामीले भनेजस्तो नहुने रहेछ । ‘धौली’ टिमसँग मिलेर पुनः फिल्म बनाउने योजना बनाए पनि आफूले सोचे अनुसार हुन सकेन । त्यसपछि आफैं निर्देशनमा अघि सरें,’ शम्भु भन्छन्, ‘हुक्काः एन एब्जर्ड ड्रिम गाउँले परिवेशमा निर्माण गर्नुपर्ने थियो । हामीले नजिकका निर्देशकसँग पनि कुरा गरेको हो । तर उहाँहरु अन्य काममा व्यस्त रहेकाले हामीलाई समय दिन सक्नुभएन ।’

    कथावस्तु

    शम्भुको बुझाइमा फिल्मको नाममा मानिसको आ–आफ्नो बुझाई भए पनि यसको विषयवस्तु फरक छ । ‘हुक्काः एन एब्जर्ड ड्रिमले एउटा मनोविज्ञान बोकेको छ । फिल्म हुक्काबाट सुरु भएर हुक्कामा नै सकिन्छ । फिल्मले एउटा आडम्बर पनि देखाउँछ’, शम्भु खुल्छन्, ‘अग्रजले जानेर वा नजानेर गरेका कामले बालबालिकाको मानसपटलमा कस्तो प्रभाव पार्छ । त्यसले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा फिल्ममार्फत देखाएका छौं ।’

    शम्भुले दर्शकले फिल्म हेरिरहँदा पर्दामा देखिएका पात्रसँग आफूलाई जोड्ने दाबी गरे । उनले अग्रजले बच्चाको अगाडि हुक्का खाँदा बच्चाको दिमागमा पर्ने मनोवैज्ञानिक असरलाई देखाउने बताए ।

    शम्भुका अनुसार फिल्ममा अभिनेत्री प्रमिलालाई सशक्त रुपमा चित्रण गरिएको छ । फिल्ममा प्रमिलाको निडर, सक्षम र आँटिलो चरित्रले समाजका महिलालाई सकारात्मक उत्प्रेरणा दिने शम्भुको बुझाइ छ ।

    पात्र छनोट

    फिल्मका लागि पात्र छनोटको काम अभिनेता सन्तोषकुमार आत्रेय, शम्भु र मुख्य सहायक निर्देशक भगवान पौडेलले गरेका हुन् । शम्भुका अनुसार फिल्मको स्क्रिप्ट लक भएपछि कलाकारको प्रोफाइल तयार पारेर छनोट गरिएको थियो । ‘हामीले अडिसन लिने पनि काम ग¥यौं । धेरै जना अडिसनका लागि आउनुभएको थियो । कतिपयले भने अडिसन दिन गाह«ो मान्नुभयो,’ शम्भु भन्छन्, ‘हामी सकेसम्म थिएटरकै कलाकार लिने सोचमा थियौं । पोखरामा पनि थिएटर छ । त्यहाँ पनि हामीले समन्वय ग¥यौं । पुराना र नयाँ कलाकारलाई राख्दा तालमेल मिलाउन गाह«ो हुने भएपनि नयाँ कलाकारलाई प्राथमिकता दियौं । नयाँ कलाकार राख्दा उनीहरुलाई हौसला मिल्ने र दर्शकले पनि अग्र्यानिक कथाको स्वाद पाउने निश्कर्षमा पुग्यौं ।’

    दर्शक सर्वे

    यो फिल्मका लागि निर्माण पक्षले दर्शक सर्वे पनि गरेको थियो । निर्देशक थापाले कन्टेन्ट अनुसार फिल्ममा कस्तो कलाकार राख्दा राम्रो हुन्छ भनेर सर्वे गरेको खुलाए । ‘कन्टेन्ट राम्रो छ भने नयाँ कलाकारहरुलाई लिएर बनाएको फिल्मले पनि राम्रो व्यापार गर्छ भन्ने उदाहरण नेपालमा छ । त्यस्ता फिल्मले राम्रो प्रतिक्रिया पनि पाएको छ । त्यहीकारण दर्शक सर्वे गरेका थियौं,’ उनले भने ।

    लक्षित दर्शक

    निर्देशक थापा आफ्नो फिल्म सबै वर्गका दर्शकले हेर्नुपर्ने धारणा राख्छन् । ‘हाम्रो फिल्म कलेजका विद्यार्थी, समाजका प्रतिष्ठित व्यक्ति र राजनीतिक व्यक्तिसँगै सरकारले पनि हेर्नुपर्छ । फिल्म हेरेपछि सरकारलाई पनि समाजको वास्तविक अवस्था र हाम्रो आर्थिक अवस्था सुधार्नका लागि धेरै सहज हुन सक्छ,’ शम्भुको दाबी छ ।

    नाटक हुँदै फिल्ममा शम्भु

    शम्भु २०५१ सालदेखि पोखरामा नाट्य गतिविधिमा सक्रिय थिए । उनले पोखरामा सडक नाटकमात्र देखाएनन्, टेलिफिल्म पनि निर्माण गरे । बाहिरबाट आएका व्यक्तिहरुसँग वृत्तचित्र बनाउनेदेखि सुटिङका लागि काठमाडौंबाट आउने समूहको व्यवस्थापनको काम पनि गरे ।

    शम्भुले मनोजबाबु पन्तबाट निर्देशन र प्राविधिक ज्ञान धेरै जानकारी लिए । उनले फिल्मका कार्यशाला मात्र गराएनन्, त्यो बेलाको फिल्म सोसाइटीसँग आबद्ध भएर निर्देशनदेखि अन्य गतिविधिहरुमा सक्रिय रहे । उनले प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँलगायतका फिल्मकर्मीबाट निर्देशकीयदेखि फिल्म निर्माणको तरिका बुझे ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    दर्शकलाई फिल्म ‘हुक्का’को ‘वाच एण्ड वीन’ अफर
    जब निर्माताले प्रियंकाको भित्री वस्त्र हेर्न चाहे
    नांगाे गाउँमा दयाहाङको नेता अवतार
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.