• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

  •  मेन समाचार संवाददाता
  • ११ जेष्ठ २०८०, बिहीबार ०६:५३ प्रकाशित
    Advertisement
    Advertisement

    आज श्री शाके १९४५ । बि.स.२०८० जेठ ११ गते बिहीबार । इश्वी सन २०२३ मे २५ तारीख जेष्ठ शुक्ल पक्ष षष्ठी तिथी तिष्य नक्षत्र वृद्धि योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, कुमार षष्ठी सिथिनख,भ.पू. चण्डी भगवती यात्रा

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउलान्। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मिहिनेतले जिम्मेवारी दिलाउनेछ। राम्रो कर्मफलले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर दाम र प्रतिष्ठा कमाउने बेला छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। लेनदेनले वादविवाद निम्त्याउन सक्छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। केही अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने
    पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल
    १५ दिन पछि बिनु यादवले तोडिन अनसन
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.