• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

इन्धन आयात १६ प्रतिशतले घट्यो

  •  मेन समाचार संवाददाता
  • ११ जेष्ठ २०८०, बिहीबार ०७:४३ प्रकाशित
    Advertisement
    Advertisement

    ११ जेष्ठ २०८०, बिहीबार । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।

    अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।

    निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिनुभयो । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिनुभयो ।

    मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । निगमका अनुसार औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

    बैङ्कको उच्च ब्याजदर र आर्थिक सङ्कटका कारण औद्योगिक क्षेत्र पूर्ण रूपमा चल्न सकेका छैनन् । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, डिजेलको मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कमी भएको निगमले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनामा पेट्रोल खपत ९ प्रतिशतले घटेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ १० गतेसम्म पुँजीगत ३४.९१ प्रतिशत भएको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुँदा पुँजीगत खर्चसमेत कम हुने गर्छ ।

    यस्तै गत वर्ष वैशाख महिनासम्म पाँच लाख ८३ हजार ३८२ किलोलिटर पेट्रोल खपत भएकामा चालु आवको सो अवधिमा पाँच लाख ३२ हजार २०८ किलोलिटरमा झरेको निगमले जनाएको छ । चालु आवको १० महिनामा मटितेल ४.१२ प्रतिशतले घटेको छ । गत वर्ष १४ हजार १९० किलोलिटर खपत भएकामा चालु आवको सो अवधिमा नौ हजार ६४ किलोलिटर मटितेल आयात भएको निगमले जनाएको छ । यस्तै खाना पकाउने एलपी ग्यास ३.१३ प्रतिशत घटेको छ । गत वर्ष १० महिनामा चार लाख १९ हजार ९३८ मेट्रिक टन ग्यास आयात भएकामा हाल सो अवधिमा चार लाख छ हजार ७८५ मेट्रिक टन आयात भएको छ ।

    हवाई इन्धन आयात बढ्यो

    यसैबिच हवाई इन्धनको आयात भने १३.६४ प्रतिशतले बढेको छ । गत आवको १० महिनामा एक लाख २४ हजार ३८० किलोलिटर हवाई इन्धन आयात भएकामा चालु आवको सो अवधिमा बढेर एक लाख ४१ हजार ३४० किलोलिटर हवाई इन्धन आयात भएको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
    सेयर बजार १६‍.४९ अंकले बढ्याे
    एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.