• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

गम्भीर आरोप, कमजोर प्रमाण

  •  मेन समाचार संवाददाता
  • ११ जेष्ठ २०८०, बिहीबार ०८:०७ प्रकाशित
    Advertisement
    Advertisement

    ११ जेष्ठ २०८०, बिहीबार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ।

    २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

    यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएका १४ जना फरार छन्।

    नक्कली भुटानी शरणार्थीको विषयमा प्रहरीको ६० दिने अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अभियोजन दर्ता गरेको हो। सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोजनअनुसार उनीहरूविरुद्ध ठगी, संगठित अपराध, किर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

    ठगी अपराधमा बिगो, ७० हजार रूपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन्छ। यस्तै संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुन्छ। एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरवापतको सजायको आधा थप गरेर सजाय गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले पनि सरकारी वकिलको कार्यालयले एकीकृत सजायको व्यवस्था माग गरेको छ।

    त्यस्तै राष्ट्रहित प्रतिकूल कार्य गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन्छ। किर्ते गर्न नहुने कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सार्वजनिक ओहोदामा बसेर गरेको अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुने कानुनी व्यवस्था छ।

    तर यी कानुन आकर्षित हुनगरी प्रहरीले प्रमाणहरू जुटाउन सकेको छैन। अभियोजनपत्रमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकारको रूपमा प्रस्तुत गरिएको छ। रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोड रूपैयाँ लिएको खुलेको अभियोजनपत्रमा उल्लेख छ।

    उनले प्रतिवादी सानु भण्डारीबाट १ करोड ६० लाख र छोराको खातामा थप ४० लाख पठाउन लगाएर कुल २ करोड रूपैयाँ बुझेको खुलेको दाबी अभियोजनपत्रमा गरिएको छ। रायमाझीले बयानका क्रममा भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई आफ्नो घरमा भेट गराउन ल्याएको बताएको अभियोगपत्रमा उल्लेख छ।

    यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाउने योजनाअनुसार सन्देश शर्मा, भण्डारी, दुलालसँग रायमाझीले ललितपुरस्थित एक रेस्टुरेन्टमा मिटिङ गरेको भन्दै उनी मुख्य योजनाकार भएको दाबी गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध
    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने
    गृहमन्त्रीले भने- कसैको बयानकै आधारमा मात्र पक्राउ गर्न मिल्दैन
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.