• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

स्यान्टिसले गरे राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी घोषणा, पूर्वराष्ट्रपति ट्रम्पलाई चुनौती

  •  मेन समाचार संवाददाता
  • ११ जेष्ठ २०८०, बिहीबार ०८:३४ प्रकाशित
    Advertisement
    Advertisement

    ११ जेष्ठ २०८०, बिहीबार । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनको माहौल तात्दै गएको छ । यसै क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडा राज्यका गर्भनर तथा रिपब्लिकन नेता रोन डि स्यान्टिसले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    ट्वीटरका सीईओ इलोन मस्कसँग जोडिएर ट्वीटर स्पेशेजमा लाइभ कुराकानी गर्दै उम्मेदवारी घोषणा गर्ने उनको योजनामा भने प्राविधिक गडबडीले गर्दा केही समय असहजता उत्पन्न गरेको थियो । उम्मेदवारी घोषणाको प्रारम्भ गडबडीले भरिपूर्ण भएपनि राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको मनोनयन जित्ने दिशामा ४४ वर्षीय डि स्यान्टिस ७६ वर्षीय ट्रम्पको मार्गमा मुख्य अवरोधका रुपमा खडा भएका छन् ।

    रिपब्लिकन पार्टीको टिकट जित्न ट्रम्पका अतिरिक्त संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत निकी हेली, आर्कन्सा राज्यका पूर्व गर्भनर एशा हचिन्सन र उद्योगपति विवेक रामास्वामीले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    तर ट्रम्पका लागि डि स्यान्टिस नै मुख्य चुनौती सिद्ध हुने अमेरिकी समाचारमाध्यमको विश्लेषण छ । डि स्यान्टिस ट्रम्प जस्तो प्रवृत्ति नभएका तर ट्रम्प शैलीकै कट्टरपन्थी नेता भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमको टिप्पणी छ ।

    सन् २०१९ को जनवरीमा गर्भनरको पद सम्हालेका डि स्यान्टिसले अहिलेसम्मको कार्यकालमा कन्जरभेटिभ्सहरुको प्राथमिकतामा पर्ने थुप्रै कामहरु गरेकाले उनी समर्थकहरुको रोजाइमा पर्न सक्ने बताइएको छ । आफ्नो कार्यकालमा डिस्यान्टिसले सहज रुपमा बन्दुक राख्न पाउने गरी कानुनमा सुधार गरेको, विद्यायलमा यौन र लैंगिकता पहिचान सम्बन्धी विषय अध्यापनमा प्रतिबन्ध लगाएको, गर्भपतनलाई सीमित गर्ने गरी कानुनमा सुधार गरेको र मतदानका नियममा कडाई गरेको बताइएको छ ।

    रिपब्लिकन पार्टीको मनोनयन कसले जित्छ भन्ने कुरा आगामी फेब्रुअरीदेखि हुने प्रारम्भिक चुनाव (प्राइमरी इलेक्सन) ले तय गर्नेछ । पार्टीको टिकट जित्न सफल उम्मेदवारले नै वर्तमान राष्ट्रपति जो बाइडनसँग राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्नेछ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    अफगानिस्तानमा बाढी: ६ जनाको मृत्यु, २०० भन्दा बढी घर डुबानमा
    बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा
    कसैको दमनले पीटीआईलाई नष्ट गर्न सक्दैन : खान
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.