• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

रोकिएन सार्वजनिक जग्गा हडप्ने क्रम

  •  मेन समाचार संवाददाता
  • १७ पुष २०७७, शुक्रबार २०:३० प्रकाशित
    Advertisement
    Advertisement

    प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन ।

    बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन् । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ । जथाभावीरुपमा काठ काट्नाले वन फँडानी नियन्त्रणभन्दा बढी भएको स्थानीयवासी मकर पाख्रिनले जानकारी दिए ।

    अतिक्रमण रोक्नका लागि पटकपटक स्थानीय जनप्रतिनिधि र प्रशासन लाग्दा पनि खासै चासो नदेखाएको स्थानीय होटेल व्यवसायी नुर्बु तामाङले बताए। सो क्षेत्रका जग्गा वन मन्त्रालयअन्तर्गत सामुदायिक वन अथवा भूमिसुधार मन्त्रालयअन्तर्गत गुठी संस्थाको हो भन्ने एकीन नहुँदा जग्गा हडप्नेक्रम वृद्धि भएको बताइएको छ ।

    ती दुई मन्त्रालय मध्ये कसको जग्गा हो भन्ने टुङ्गो लगाई अतिक्रमण भएको उजुरी परेमा कानूनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले जानकारी दिए ।

    २०६५ सालमा जिल्ला वन कार्यालयले झरेनी सामुदायिक वनलाई हस्तान्तरण गरेको भनिएता पनि संरक्षण हुन सकेका छैनन् । होटेल निर्माणका लागि भनेर एकै जनाले एकभन्दा बढी जग्गा ओगट्ने र मासिक तथा वार्षिक भाडामा लगाई करोडौँ रुपैयाँ कमाउँदै आएको एक स्थानीय होटेल व्यवसायीले बताए ।

    ठूला होटेलदेखि साना होटलसम्म मासिक १० हजार एक लाखसम्म भाडाबापत असुल्ने गरेको र एकैजनाले पाँच÷छवटासम्म घरेडीको यसरी लिँदा मासिक पाँच–सात बसीबसी कमाउँदै आएका एक स्थानीयवासीले जानकारी दिए।

    राजधानी काठमाडाँैबाट १२९ किलोमिटर मकैबारी र यसपछि १७ किलोमिटरको यात्रापछि पुगिने कुरीको बजार चारैतिरबाट डाँडाले घेरिएको खाल्टोमा पर्दछ । बजारबाट पाँच मिनेटको केवलकारपश्चात् यस मन्दिरमा सजिलै पुग्न सकिने भएकाले गर्दा आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यका रुपमा विकास हँुदै आएको छ ।

    दोलखा जिल्लाका अति सुन्दर तथा पृथ्वीको स्वर्गको धरोहरका रुपमा चिनिने कालीञ्चोक मन्दिरभन्दा केही तल रहेको कुरीको बजार र टुटेनडाँडाका जग्गाहरु दिन प्रतिदिन अतिक्रमण गर्ने कार्य बढ्दै गएकाले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

    झन् बन्दाबन्दीको समयमा त पल्टिङ गरी होटेल निर्माण गर्नका लागि ढुङ्गले घेरा बनाउने काम तीव्र नै भएको स्थानीय होटेल व्यवसायी यम पाख्रिनले बताउनुभयो । २०७३ सालमा करीब २०० हेक्टर जग्गालाई गुठी संस्थानले आफ्नो स्वामित्वमा ल्याएपछि झन् जग्गा वादविवादमा फसेका थिए ।

    गुठीले १८८६ वैशाख १४ गतेको अस्पष्ट लालमोहरका आधारमा कालीञ्चोक दर्शन प्रालिलाई केबुलकारलाई निर्माण गर्नका लागि स्वीकृति दिएको थियो । हाल कालीञ्चोक गाउँपालिकामा पर्ने उक्त मन्दिर प्रमाणविना, कुनै कागजात नगरी केबुलकार निर्माण, भूअतिक्रमण, तथा वनजङ्गल फँडानी भइरहेकाले पालिकालाई खासै अधिकार नदिएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए।

    यस जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनिने भीमेश्वर मन्दिर, कालीञ्चोक मन्दिर, सैलुङको सय थुम्का भएका मानेडाँडाहरु, जिरी बजार, च्छोरोल्पा हिमताल, गौरीशङ्कर हिमाल, लामाबगर, रोल्वालिङ, बेदिङ, एसियाकै दोस्रो ठूलो म्यानेसाइट खानी खरिढुङ्ग खानी जस्ता निकै महत्वपूर्ण स्थान हुन् । कालीञ्चोक कुरीको बजार धार्मिक पर्यटकीय तथा हिमपातको समयमा हिउँ खेल्ने निकै नजीकको स्थानमध्ये मानिन्छ । ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते
    खोप लगाउने संख्या लक्ष्यभन्दा आधा कम
    प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला परेन
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ५.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.