• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

  •  मेन समाचार संवाददाता
  • १८ पुष २०७७, शनिबार ११:०५ प्रकाशित
    Advertisement
    फाइल तस्बिर

    बनेपा । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।

    अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो ।

    धुलिखेल देवीस्थान डाँडामा रहेको होटल पानारोमाका सञ्चालक चञ्चल नगरकोटीले नयाँ वर्ष शुरु हुनुभन्दा अगाडिदेखि नै होटल बुक गर्ने गरेको कारण अहिले आउनेका लागि कुनै व्यवस्थापन गर्न नसक्ने बताए ।

    “हामी कहाँ १५ दिन अगाडिदेखि सम्पर्क गरेर आउने पाहुना भएको कारण पछिल्लो समयमा आउनेको लागि ठाउँ व्यवस्थापन गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो, “यहाँका होटल हिजोआज भरिएका छन् ।” धुलिखेल भट्टेडाँडामा रहेको होटल सारथीका सञ्चालक प्रल्हाद प्याकुरेलले आफ्नो होलटमा आउने पाहुनालाई सबै व्यवस्थापन गर्न नसकेपछि नजिकैको अरु होटलमा बुकिङ गरी राख्नुपरेको बताए।

    “अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै केही दिनदेखि होटल निकै भरिपूर्ण बनेको छ”, उनले भने, “अहिले पछिल्लो समयमा धुलिखेल आउन चाहनेका लागि फोन सम्पर्कमा आउने पाहुनाका लागि ठाउँको व्यवस्थापन गर्न असमर्थ भएका छौँ ।”

    धुलिखेलका सबैजसो होटल भरिभराउ भएको कारण पछिल्लो समयमा धुलिखेल आउन चाहने आन्तरिक पर्यटकले होटल बुकिङ गर्न नपाएको बताए ।

    धुलिखेल बसपार्कमा रहेको होटल माउण्ट प्रिन्सेजका सञ्चालकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घ काभ्रेपलाञ्चोकका सचिव ज्योत्सना श्रेष्ठले काठमाडौँबाट नजिक, सडकको सुविधा भएको शान्त पारिवारिक वातावरण भएको ठाउँ भएको कारण पनि धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।

    “कोरोनाका कारण अहिले समय अलि प्रतिकूल रहे पनि विभिन्न क्षेत्रबाट धुलिखेल आउनेको सङ्ख्या निकै बढेको छ”, उनले भने, “समय त्यस्तै भएकाले केही आइएनजिओ र एनजिओमा कार्यरत बाह्य पर्यटकबाहेक धेरैजसो आन्तरिक पर्यटक रहेका छन् ।”

    पहिला नै बुक गर्ने र बुक नगरिकन आउने आन्तरिक पर्यटकको आगमन निकै बढ्दै गएको उनले बताए । क्षेत्रीय होटल सङ्घ मानव संशाधन तथा तालीम व्यवस्थान समिति सदस्य मोहनबहादुर गजुरेलले नयाँ वर्षमा समूहमा रमाइलो र मनोरञ्जन गर्न शान्त वातावरणमा क्याम्प फायर गर्न आउनेको सङ्ख्या उल्लेख्य भएको बताए ।

    “एकातिर काठमाडौँबाट नजिकको ठाउँ, अर्कोतिर वातावरण पनि चिसो र शान्त ठाउँ, कोलाहल नहुने प्राकृतिक मनोरम वातावरण भएको कारण पनि धेरैजसोको रोजाइको केन्द्र धुलिखेल भएको छ”, उनले भने, “झन पछिल्लो समयमा कोरोना महामारीका कारण घरमा नै खुम्चिएर बस्नुपरेको कारण मान्छेलाई कहाँ जाने होला भन्ने भइरहेको बेला अङ्ग्रेजी नयाँ वर्षमा घुम्न आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।”

    लामो दूरी चल्ने महत्वपूर्ण अरनिको राजमार्ग र बिपी राजमार्गले जोडिएको धुलिखेल पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । त्यससँगै स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको लागि भौतिक संरचनाको निर्माणसँगै पर्यटक लक्षित उद्यानको निर्माण र पैदल तथा साइकलयात्रीको लागिसमेत रुटको व्यवस्था गरेका कारण पर्यटकको सङ्ख्या बढ्दो छ ।

    रमाइलो वातावरणसँगै होटलबाट बाहिर निस्केर केही समयमा हिँडेरै बजारक्षेत्रको माथि रहेको देवीस्थान डाँडामा गएर उद्यान क्षेत्रको आरामदायी बसाइसँगै हिमालय शृङ्खला तथा वरिपरिका प्राकृतिक दृश्य अवलोकन गरी आनन्द लिन पाउने र सुविधासम्पन्न प्रसस्त होटल भएकाले धुलिखेलको ख्याति बढ्दो छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.