कास्की, ७ भदौ । कास्कीको माछापुच्छे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर १ महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए ।
कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।
खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी ७ सय मिटर तल नदी किनारमा फेला पारेका थिए ।
घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती उनकी साढे २ वर्षकी छोरी छन् ।