• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

रुकुम नरसंहारः नवराज विकसहित अन्य मृतकका परिवार न्याय माग्दै काठमाडौँमा

  •  मेन समाचार संवाददाता
  • १८ पुष २०७७, शनिबार १९:१३ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । काठमाडौँ, १८ पुस । रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितीसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसंग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

    कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त मानवता विरुद्व अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातिय विवादले गर्दा घटेको बताऐ । घटना चानचुने नरहेको उनले बताए । उनले भने,न्याय कहाँ छरु के यो देशमा न्याय मरेकै हो तरु न्यान सबैलाई एक समान हुनु पर्छ भन्दै उनले आक्रोश पोख ।

    त्यसैगरी कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए । उनले भने, ‘मानवतामाथिको कलङक थियो । घटनाले नेपालको अन्तराष्ट्रिय बैजति भएको थियो । रुकुमको घटनामा न्याय हुनुपर्छ । जो अडण्डित हुन्छ भने विधिको शासन छैन् ।’ अपराध नै नगरी जातिय विभेदका कारण बालकहरुको क्रुरतापूर्वक हत्या गरिएको उनले बताए । उनले भने, ‘रुकुम घटनामा न्याय भएन भने विधिको शासन, लोकतन्त्र र अदालत मर्नेछ । दोषी पुर्पक्षका लागि जेल बस्नै पर्छ।’

    नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो । सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘

    गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौँ आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ । ’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनले बताइन् । उनले भनिन्, ‘हामी पार्टी र नेतालाई चिन्दैनौँ ।’

    सन्जिब विककी आमा सीता विकले कहाँ छ कानुन भन्दै प्रश्न औँल्याइन् । उनले भनिन्,‘हामी बाहुन क्षेत्री वा अन्य जात भएको भए न्याय पाउने थियौँ । तर, दलित भएको कारण न्याय पाएका छैनौँ । हामीले न्याय पाउँदैनौँ तरु’

    लक्ष्मी सुनुवारले हत्या काण्डको दोषी कारवाही गर्नेमाग गरिन् र मुख्य दोषीलाई केटीलाई बालबालिका भनेर छोडेको बताइन् । उनले भनिन्, ‘त्यो केटीलाई सुधार केन्द्र राख्नु पर्छ । केटीकी आमालाई जेल हाल्नुपर्छ ।’ उनीहरुलाई आफ्नै तरिकाले कारवाही गर्ने बताइन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
    विद्यालयमा आगलागी, एक करोडको क्षति
    मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • २.
      विद्यालयमा आगलागी, एक करोडको क्षति

    • ३.
      मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    • ४.
      पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

    • ५.
      कैलालीमा युवक मृत फेला, हत्याको आशंका

    • ६.
      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

    • ७.
      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.