• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

वाग्मती सफाइ महाअभियान ३९९औँ हप्तामा

  •  मेन समाचार संवाददाता
  • १८ पुष २०७७, शनिबार १९:३७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३९९औँ हप्तामा तिनकुने वाग्मतीपुल क्षेत्रमा सफाइ गरिएको छ ।

    सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतको सक्रियतामा सफाइ भएको हो ।

    सफाइमा काठमाडौंँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकुका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन उपभोक्ता मञ्च, आलोकनगर समुदाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको पनि सफाइमा सक्रियता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिए ।

    महानगरपालिका वातावरण व्यवस्थापन विभाग, अधिकार सम्पन्न वाग्मती समिति र वाग्मती अभियानकर्मीको संयुक्त प्रयासमा फोहर गर्नेलाई गत हप्तादेखि दण्ड जरिवाना स्वरुप शुल्क उठाउन शुरु गरिएकामा यो हप्ता रु तीन हजार ५०० जरिवाना गराइएको छ । राजधानीका सबै स्थानीय तहलाई जरिवाना गर्न अनुरोध गरिएको महाअभियानले जनाएको छ । आलोकनगर वाग्मती नदी किनारमा विहान बेलुका व्यायाम गर्न आउनेका लागि उद्यानको निर्माण गरिएको छ ।

    अर्को शनिवार पुस २५ गते सफाइ महाअभियानको ४०० औँ हप्तामा मीनभवन क्षेत्रमै मुख्य कार्यक्रम गरिने भएको छ । कार्यक्रमका लागि महाअभियानले सबैमा निमन्त्रणा समेत गरेको छ । तीनकुने पुल क्षेत्रको वाग्मती किनारमा बिहान ८ बजेदेखि १० बजेसम्म मुख्य कार्यक्रम गरिने महाअभियानले जनाएको छ । त्यसै दिन उपत्यकाका अन्य छ स्थानमा पनि जनचेतनामूलक अभियानसहित सफाइ गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । मुख्य कार्यक्रममा भाग लिन नसक्नेले अन्य स्थानका कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

    विष्णुमती सफाइ अभियानको ३२८ औँ हप्तामा तारकेश्वर नगरपालिका–११ शेषमती नदीबाट वडा नं. ९ सुन्दरबस्तीसम्म तारकेश्वर सफाइ अभियानको संयोजनामा काम गरिएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१७ खुसीबुँ नयाँपुल क्षेत्रमा पनि सफाइ गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । यस क्षेत्रको सफाइ बाल उद्यान सेवा समितिका अध्यक्ष राम श्रेष्ठको नेतृत्वमा भएको हो ।

    विष्णुमती नदीको मुहान क्षेत्र अर्थात् बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ लुडेखोलाको दोभान क्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठको नेतृत्वमा सफाइ गरिएको छ । यसैगरी आज उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलामा पनि जनचेतनासहित विशेष सफाइ अभियान सम्पन्न भएको छ ।

    विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । महाअभियान शुरु भएपछि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म निरन्तर सफाइ हुँदै आएको छ । जाडो, वर्षा, चाडपर्व, भूकम्पआदि प्रकोप र कोरोना महामारीका बेलासमेत स्वास्थ्य सुरक्षाका विधि अपनाएर स्वतःस्फूर्त रुपमा देशका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ भइरहेको छ ।

    वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यका विभिन्न स्थानलगायत देशका मुख्य मुख्य शहरमा गरी १०६ स्थानमा सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान ४०० हप्तामा प्रवेश गर्न लाग्दा पनि नदीमा आशातीत सफलता हासिल हुन नसकेको गुनासोसमेत सुनिने गरेको छ ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विनोद पोखरेलको सफलताको कथाः पोल्ट्री फार्म संचालकदेखि सफल व्यवसायीसम्म
    ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु
    रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.