• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

  •  मेन समाचार संवाददाता
  • १९ पुष २०७७, आईतवार १०:४० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    डोटी । सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ ।

    यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ ।

    रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् । सेना तथा सशस्त्र प्रहरीले यहाँका सयौँ नागरिकलाई आफ्नो रगत दिएर ज्यान जोगाउन सफल भएका छन् ।

    यसै सिलसिलामा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रगतदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६र७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रगतदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ । सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगत दान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।

    समयमै रगत नपाउँदा विगतका वर्षमा यहाँका अधिकांश महिला तथा पुरुषको अकालमै ज्यान जाने गरेको भए पनि पछिल्लो सयम सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरुको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताए । उनले भने, “बिरामीलाई चाहिएको बेला रगत नपाउँदा अधिकांशले ज्यान गुमाएका थुप्रै उदाहरुण छन्, अहिले सेना र सशस्त्रले रगत दिन थालेपछि ज्यान जोगिन थालेको छ, बिरामीलाई सहज भएको छ ।”

    दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा स्थानीय तहको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरउपप्रमुख प्रेमबहादुर शाहले जानकारी दिए । सेना तथा सशस्त्र प्रहरीले प्रायः यहाँका अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी तथा विभिन्न घटनामा परी घाइते भएकालाई रगतदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताए । उनले भने, “हामीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा आवश्यक परेका बेला आफ्नो रगतदान गर्ने गरेका छौँ, हाम्रो रगतले कसैको ज्यान जोगिन्छ भने हामी जतिबेला पनि रगत दिन तयार छौँ ।”

    यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीयवासी सेना तथा सशस्त्र प्रहरीका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनले भने, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत समूह पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत समूह छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ र सहजै रगत पाइन्छ ।” यहाँका पहाडी जिल्लामा रगत अभावका कारण कयौँ स्थानीयवासीको अकालमै ज्यान गइसकेको छ ।

    जिल्लामा रहेका स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताए । उनले भने, “रगतदान गर्दा कमजोर भइन्छ भन्ने अन्धविश्वासले यहाँका स्थानीयवासी रगतदान गर्न अघि सर्दैनन्, रगत नपाउँदा बिरामीको ज्यान नै खतरामा पर्ने गर्छ, रगतदान गर्दा कुनै असर हुँदैन, रगतदान गर्ने बानीको विकास गर्नु जरुरी भएको छ ।” जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौँदेखि बन्द अवस्थामा रहेको छ । त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत सङ्कलन गर्न अभियानको शुरुआत गरे पनि रगतदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको अस्पतालका चिकित्सक बताउँछन् । रगतदान गर्नुपर्छ, आफूले दिएको रगतले कुनै एक व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने बानीको विकास नभएसम्म जिल्लामा रगतदान गर्ने पाउन मुस्किल पर्ने शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम
    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]
    दुईवटा ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • २.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ३.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • ४.
      म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु

    • ५.
      प्रदेश २ को प्रदेश सभा बैठक अन्यौलः आज हुने बैठक २ गतेका लागि सारियो

    • ६.
      आफ्ताब आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापती देउवा

    • ७.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.