• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सोमबार विशङ्खुनारायणको महास्नान गरिँदै

  •  मेन समाचार संवाददाता
  • १९ पुष २०७७, आईतवार १२:०३ प्रकाशित
    Advertisement
    Advertisement

    ललितपुर । मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ ।

    हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताए । उनले भने, “हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा गछौँ ।” सोमबार नारायणको महास्नान गर्दा नारायणका दशावतारको पूजा तथा त्यहाँ नजिकै रहेका महादेवको रुद्री र विष्णु सहस्त्रनाम स्तोत्र पाठसमेत गरिने सुवेदीले जानकारी गराए ।

    स्थानीय सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रूपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पुजारी परिवारलाई जुठो र सुत्केरो पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । उनले भने, “महास्नानका दिन प्रत्येक सुवेदी परिवारका घरबाट आवश्यक पूजा सामग्रीका साथै सुकेको सिङ्गो नरिवल ल्याएर भगवान्लाई चढाइन्छ ।”

    नेपालका प्रख्यात चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रूपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताए। उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौँ दक्षिणकालीमा रहेका शेषनारायणलाई साहिँला नारायण र इचङ्गुनारायणलाई कान्छो नारायणका रूपमा पुज्ने गरेका छन् ।” यस वर्ष हरिबोधिनी एकादशीको दिनमा मुलुकमा देखिएको कोरोना महामारीका कारण मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भत्तजनको भीडभाडले कोभिड फैलिने सम्भावनालाई मध्यनजर गरी मेला स्थगन गरिएको थियो ।

    हरिबोधिनी अर्थात् ठूलो एकादशीको दिनदेखि भगवान् नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ । सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनुका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । सदियौँ वर्षदेखि नारायण मन्दिरमा भगवान् बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन चल्दै आएको छ ।

    प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारी साधन लिएर दर्शन गर्न भक्तजन विशङ्ख आउने गर्छन् । विशङ्खुनारायण मेलामा एकदेखि डेढ लाख मानिस आउने भएकाले विशेषगरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्री वितरण हुने गरेको स्थानीयवासीकोे भनाइ छ ।

    विशङ्खुनारायणथानको ककारोभित्र शालिग्राम पनि राखेर पूजाआजा गर्ने गरिन्छ । सो क्षेत्रमा भगवान् नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफासमेत रहेको छ । सिलवाल र विष्टको बाहुल्य रहेको विशङ्खुनारायणथानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनुका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उनले भने, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो ।”

    नरायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउँछन् । प्रत्येक वर्ष कात्तिक १ देखि मङ्सिर पूर्णिमासम्म नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । शनिबार र सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ । सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान
    शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै तालाबन्दी
    जगदुल्ला जलविद्युतका लागि सडक निर्माण प्रक्रिया शुरु
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

    • २.
      ३१ सहसचिवको एकैपटक बढुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

    • ३.
      सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुइ अधिकृत घुससहित पक्राउ

    • ४.
      नेपाल आए मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह, विमानस्थलमा भव्य स्वागत

    • ५.
      शेयर बजार ४४.९४ अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

    • ६.
      इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    • ७.
      इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      अवहेलना मुद्दाः चार पूर्वप्रधानन्यायाधीशलाई वारेस राख्न सर्वोच्चको अनुमति

    • ७.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई केक खुवाए !

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.