काठमाडौं । पत्नी सीता दाहालको उपचारको लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको मुम्बईतर्फ प्रस्थान गरेका छन् ।
बिहान ११ बजेको फ्लाइटबाट उनी दिल्लीका लागि काठमाडौंबाट उडेका हुन् । मुम्बई सिधा हवाई सुविधा नभएकाले उनी पहिले दिल्ली पुग्नेछन् र त्यहाँबाट मुम्बई जाने स्रोतको भनाई छ ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट ग्रसित सीताको उपचारलागि आफू मुम्बई जान लागेको उनले आइतबारकाे स्थायी कमिटी बैठकमा जानकारी दिएका थिए ।
यसअघि अमेरिका, सिंगापुर र भारतमा उनको उपचार भएको थियो । स्वास्थ्यमा केही जटिल समस्या देखिएपछि सीतालाई बुधबार काठमाडौंकै मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । प्रचण्ड साथमा उनका दुई छाेरी पनि गएका छन् ।