काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा पक्राउ परेका छन् । मुद्दा शाखामा कार्यरत इन्सपेक्टर शर्मा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हु्न् ।
उनलाई काठमाडौं प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई परिसरको हिरासतमा राखिएको छ ।
घूस लिएको आरोपमा वृत्तको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर शर्मालाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताए ।
परिसरले आइतबार साँझ थानकोट वृत्तलाई पत्र लेख्दै शर्मालाई नियन्त्रणमा लिएर उपस्थित गराउन निर्देशन दिएको थियो ।