काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित आमाछोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा झापा मेचीनगर–२ का बद्रीहाङ राई मुनादेवी राई रहेको प्रहरीले जनाएको छ ।
श्री एयरलाईन्सबाट झापाको भद्रपुर जान लागेका उनिहरुलाई चेकजाँचको क्रममा प्रहरीले ९ एमएम पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको हो ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।