• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

  •  मेन समाचार संवाददाता
  • २० पुष २०७७, सोमबार १९:१५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ ।

    लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो । टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो ।

    जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिनुभयो । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिए ।

    यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिए । लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिए।

    दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल भए । उनले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका हुन् । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिए ।

    यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिए । यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिएका थिए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
    स्पेनिस ला लिगाः मेस्सीको दुई गोलमा बार्सिलोनको सहज जित
    टोटेनह्याम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.