• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

दोस्रो चरणको संघर्ष सफल बनाउने प्रचण्ड–माधव समूहको बैठकको निर्णय

  •  मेन समाचार संवाददाता
  • २० पुष २०७७, सोमबार २०:२९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र शक्तिबहादुर बस्नेत सदस्य छन् । टोलीले प्रदेश र जिल्ला कमिटी तथा सबै जनवर्गीय सङ्गठनका पदाधिकारी र पार्टी तथा सङ्गठनको एकीकरणका काम तत्काल पूरा गर्न सुझाव दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । टोलीलाई एक साताभित्र सुझाव दिन पनि बैठकले निर्देशन दिएको छ ।

    बैठकमा प्रदेश र विभिन्न मोर्चा सङ्गठनको नेतृत्वको जिम्मेवारीमा रहेका स्थायी कमिटीका सदस्यले पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले पहिलो चरणमा गरेको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यही पुस १८ गते घोषणा गरिएको सङ्घर्षको कार्यक्रम सफल पार्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

    अध्यक्ष नेपालका अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असफल पारेर प्रतिनिधिसभा पुनःसञ्चालन नगर्दासम्म सङ्घर्ष जारी राख्ने र सङ्घर्षलाई हरहालतमा सफल बनाउने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको सङ्घर्षमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।

    बैठकले केन्द्रीय सङ्घर्ष समितिका अतिरिक्त प्रदेश, जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति बनाउने र केन्द्रीय सङ्घर्ष समितिको कार्यालय गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजकमा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिनिधिसभा विघटनविरुद्ध रहेका सबै शक्ति एकताबद्ध भएर आन्दोलनमा जाने गरी सहमति खोज्ने प्रयास भइरहेको बताए । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु
    हत्याको २० दिनपछि अपराधी सार्वजनिक
    कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.