एजेन्सी । इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग पराजित भएको छ ।
गएराति सेन्ट मेरीज स्टेडियममा भएको खेलमा लिभरपुर घरेलु टोली साउथह्याम्पटनसँग १–० गोलले पराजित भएको हो ।
खेलको दोस्रो मिनेटमा गरेको गोल नै साउथह्याम्पटनको लागि निर्णायक गोल सावित भएको थियो । साउथह्याम्पटनका लागि ड्यानी इंग्सले दोस्रो मिनेटमा नै गोल गरेका थिए ।
हारका बाबजुद लिभरपुल लिगको शीर्ष स्थानमा यथावत छ । १७ खेलबाट ३३ अंकसहित उसले म्यानचेस्टर युनाइटेडलाई गोलअन्तरमा पछि पारेको छ । युनाइटेडले १ खेल कम खेलेको छ ।
जितपछि साउथह्याम्प्टन भने १७ खेलबाट २९ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।