गायक तथा सर्जक श्रीधर अधिकारी र गायिका रचना रिमालको आवाजमा हावादारीमा नामक गीत बजारमा आएको छ ।
गीतकाे शब्द संगीत श्रीधर अधिकारीकाे हाे । जसमा ईन्डियन डान्स स्टारका टप ८ रिदेश बस्याल, टिकटक लगायत म्युजिक भिडियोबाट चर्चा बटुल्न सफल अकेसा पोखरेल, रोबिन पोखरेल,बुटवल नेक्सट मोडलको बिजेता सुबि लम्सालको अभिनय रहेकाे छ ।
माया प्रेममा आधारित गीत हावादारिमामा विशेष सानैदेखिको माया प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको छ । गीत श्रीधर अधिकारी युट्युब च्यानल मार्फत बजारमा आएकाे हाे ।
गीतकाे छायाँकन दुर्गा पाैडेल, सम्पादन शिव पाैडेलले गरेका हुन भने निर्देशन सृजन बरालले गरेका हुन् ।