पोखरा, ७ भदाै । कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित २ पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।
गाँजा विक्री तथा ओसापसार आरोपमा पोखरा २७ अर्घौ ज्यामिरकुनाबाट २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
विक र तिमिल्सिना सवार ग५प ५८७९ नम्बरको मोटसाइकलबाट २० ग्राम गाँजा फेला परेपछि इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले उनीहरु बस्ने कोठामासमेत खानतलासी गरेको थियो ।
सन्दीप विक बस्ने कोठाबाट १ किलो ४ सय ४० ग्राम गाँँजा फेला परेको प्रवक्ता हमालले जानकारी दिए । उनीहरुको साथबाट २ थान मोबाइल र प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरिएको छ । उनीहरु बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ ।