• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेपाली सेनाको एकीकरण पदयात्रा धादिङ्ग आइपुग्यो, पुस २७ मा सिंहदरबार आउने

  •  मेन समाचार संवाददाता
  • २२ पुष २०७७, बुधबार २०:१२ प्रकाशित
    Advertisement
    Advertisement

    धादिङ्ग । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

    बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका छन् ।

    चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेका थिए ।

    पदयात्राको टोलीले बिहीबार कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । दीप र झण्डासहित काठमाडौंँको पल्टन यही पुस २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाडौंँसम्म उक्त पदमार्गको दूरी २६ कोस छ ।

    पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोरदोहोर गरेको इतिहास छ ।

    पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।रासस

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस
    भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण
    कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.